
धादिङ जेष्ठ २६ । धादिङ जिल्लामा आज एकै दिन १६ जनालाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ ।
धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए ।
सूचना अधिकारी विकका अनुसार भारतबाट फर्किएका १६ जनाको अवस्था सामान्य छ, अब उनीहरुलाई धादिङबेसीमा निमार्ण गरिउको आइसोलेसनमा राखिने छ ।
आरडिटी पोजिटिभ देखिए पछि कोरोना परिक्षणको लागि जेठ २४ गते स्वाब किट्जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र को ठाउँमा रास्टृय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमान्डौ पठाइएकोमा १६ जनामा सन्क्रमणको पुस्टी थियो ।
रिपोर्ट पोजिटिभ आएका उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्थात कुनै पनि स्वास्थ्य समस्या बताईएको छ । यस अघि नीलकण्ठ कै क्वारेन्टाईनमा रहेका नीलकण्ठ नगरपालिका-७ का ३३ वर्षिय पुरुषमा पनि कोरोना भाईसर पोजेटिभ पुष्टि भएको थियो ।
आज कोरोना पुस्टी भएका १६ जना व्यक्तिहरुमा नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका पुरुष, नीलकण्ठ- ३ का ४० बर्षका पुरुष,नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष, नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका रहेका छन् ।

