नेपालमा कोरोना संक्रमित ३४४८ पुगे, आज २१३ जना थपिए

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७७

काठमाडौं जेष्ठ २५ । नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिए सँगै संक्रमितको संख्या ३४४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ । भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

x