
काठमाडौं जेष्ठ २५ । भारत तर्फ जाँदै गरेको एम्बुलेन्स एम्बुलेन्सबाट लागूऔषध ८ किलो चरेश बरामद बरामद गरेको छ ।
सर्लाहीको मलंगवा नगरपालिकाबाट भारततर्फ जादै गरेको चरेस बोकेको एम्बुलेन्स सहित तीन जनालाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको हो ।
मलंगवा नगरपालिका ८ स्थित झिलमिलीयामाई मन्दिरको बाटो भएर भारततर्फ जाँदै गरेका एक व्यक्तिको साथबाट ८ किलो चरेश बरामद भएपछि सो चरेश एम्बुलेन्समा लोड गरेर भारततर्फ लग्न खोजेको योजना सार्वजनिक भएको छ ।
मलंगवा ८ का रामदुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरिएको हो । उनीसँग सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव समेतले एम्बुलेन्समा राखी भारततर्फ पुर्याउन भन्ने बयान दिएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले बताए । चालक यादव र उनका सहयोगी नथुनी ठाकुरलाई नियन्त्रणमा लिएर एम्बुलेन्सको तलासी गर्दा १ सय ३५ ग्राम चरेस फेला परेको कुँवरले बताए ।

