
धादिङबेसी जेष्ठ २३ । धादिङबेसी स्थित धादिङ बोर्डिङ स्कुलले आफ्नो विद्यालयका १०१ जना शिक्षक तथा कर्मचारीहको कोरोना स्वास्थ्य विमा गरि दिएको छ ।
धादिङ आवासिय माध्यामिक विद्यायल, यसले संचालन गरेको न्यू धादिङ बोर्डिङ र गणेश हिमाल क्याम्पसका १०१ जना शिक्षक तथा कर्मचारीको धादिङ बोर्डिङले कोरोना स्वास्थ्य विमा गरि दिएको हो ।
महामारीको बेला शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर विद्यालयको तर्फबाट शिक्षक कर्मचारीको प्रति व्यक्ति रु १ लाखका दरले शिखर इन्स्योरेन्स कम्पनी मार्फत कोरोना स्वास्थ्य बिमा गरिएको धादिङ बोर्डिङका प्रिन्सिपल हरि लम्सालले धादिङपोष्टलाई बताए ।
शैक्षिक संस्थाहरुले शिक्षक तथा कर्मचारीहरुकाे हितकाे लागि विद्यालयकाे तर्फबाट यति ठुलो संङ्ख्यामा स्वास्थ्य बिमा गरेकाे संभवत धादिङ बाेर्डिङ स्कुल पहिलाे हाे ।
अहिले काेराेनाकाे महामारी चलिरहेको बेला स्वास्थ्य क्षेत्रमा यसरी आफ्ना शिक्षक तथा कर्मचारीहरूकाे आपतकालीन स्वास्थ्य बिमा धादिङ बोर्डिङले स्वास्थ्य विमा गरिदिए सँगै अन्य विद्यालयहरुलाई पनि नैतिक दवाव परेको देखिन्छ ।

