चक्रवातको प्रभाव: बागमती प्रदेशमा आज मेघ गर्जन सहित भारी वर्षा हुने

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७७

काठमाडौं जेष्ठ २३ । अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको भईरहेको छ ।

काठमाडौं उपत्यका सहित पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । प्रदेश ५, सुदरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ ।

साँझ पनि देशको अधिकांश भागमा हल्का वर्षाको सम्भावना छ । देशमा अहिले स्थानीय वायु, पश्चिम वायु र निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ ।

x