धादिङ अस्पतालका स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७७

धादिङ जेष्ठ २१ । धादिङबेसी स्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले शान्तिपूर्ण विरोध प्रर्दशन गरेका छन् ।

देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु माथी कोरोना फैलाउने भनेर आरोप लगाउने, हातपात गर्ने, कुटपिट गर्ने, भाडामा बसिरहेका स्वास्थ्यकर्मीहरुलाई कोठा छाड्न स्वास्थ्यकर्मीहरुलाई दबाब दिने जस्ता कार्यहरु बढ्दै गएकोले शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए ।

संक्रमितहरुको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु माथी नै उल्टै कोरोना फैलाउने भनेर अमानवीय हर्कतहरुको विरुद्धमा खेद प्रकट गर्दै दोषीहरु उपर कडा कारबाही गर्न सरकार सङ्ग धादिङ अस्पताल स्वास्थ्यकर्मीहरुले माग माग गरे ।

हामी दिन रात नभनी उपचारको अग्र भागमा छौं, हाम्रा माग र वाध्यता भन्दा माथि उठेरे कोरोना भाईरसका विरुद्ध काम गरि रहेका छौं, यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुलाई डेरामा जान नदिने, कोरोना सर्छ भनेर दुव्र्यवहार गर्ने जस्ता कार्यहरु सरकारले तत्काल रोक्न दवाव स्वरुप आन्दोलन गरेको उनीहरु बताउँछन् ।

x