
धादिङ जेष्ठ २१ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले गर्भवती महिलाहरुलाई पोषण भत्ता प्रदान गरिएको छ ।
नेत्रावती डब्जोङले गाउँपालिका भरिका गर्भवती महिलालाई पोषण भत्ता प्रदान गर्ने नीति अनुरुप बुधबार १३३ जना गर्भवती महिलाहरुलाई १५ सयको दरले पोषण भत्ता प्रदान गरिएको हो ।
सेमजोङ स्वास्थ्य चौकीमा ४० जना, मार्पाक स्वास्थ्य चौकीमा ४१ जना, कटुन्जे स्वास्थ्य चौकीमा ३१ जना र भोक्टेनी स्वास्थ्य चौकीमा २१ जना गरी १३३ जना गर्भवती महिलाहरुलाई बोलाई जनही १५ सयका दरले पोषण भत्ता प्रदान गरिएको गाउँपाकिलाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले धादिङपोष्टलाई बताए ।
हामीले यो पैसाले पोषण युक्त खाद्यान्न तथा फलफुल खान हरेका गर्भवतीलाई भनेका छौ साथै गभैवती महिलाका लागि आवश्यक स्वास्थ्य परामर्श समेत दिईएको संयोजक पौडेलले बताए ।
प्रत्येक सुत्केरीलाई १ हजार प्रदान गर्ने गेको नेत्रावती डब्जोङले स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकि अन्यत्र लानु पर्ने अवस्था आयो भने एम्बुलेन्स निशुल्क उपलब्ध गराउँदै आएको छ ।

