बाली विज्ञान पढ्न इच्छुकलाई सम्पर्क गर्न चन्द्रोदयको आग्रह

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७७

धादिङ जेष्ठ २१ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यामिक विद्यालयले प्राविधिक शिक्षा अन्तरगतको बाली विज्ञान (कृषि) पढ्न चाहाने विद्यार्थीको नामावली टिपाउन सूचना जारी गरेको छ ।

केहि वर्ष अघिदेखि कक्षा १२ सम्म प्राविधिक शिक्षा अन्तरगतको बाली विज्ञान (कृषि) संचालन गरि रहेको चन्द्रोदयले कक्षा ९ मा पढ्न चाहाने नयाँ विद्यार्थीहरुलाई लक्षित गरि फोनबाट नाम टिपाउन सूचना जारी गरेको हो ।

आफ्नै स्कुल बस भएको यस चन्द्रोदय माध्यामिक विद्यालयले संचालनमा ल्याएको प्राविधिक शिक्षा अन्तरगतको बाली विज्ञान (कृषि) अन्तरगत कक्षा ९ मा गोरखा, चितवन र बेनीघाट रोराङका विभिन्न विद्यालयहरुबाट पढ्न आउने हुँदा यस वर्ष कति विद्यार्थी हुन्छन् त्यहि अनुसार तयारी गर्नका लागि नाम टिप्न थालिएको शिक्षक मिश्र शाक्यले धादिङपोष्टलाई बताए ।

यति मात्र हैन अहिले नाम टिपाउने विद्यार्थीहरुका लागि घर मै बसेर पढ्न सकिने सन्दर्भ सामाग्रीका विषयमा पनि विद्यालयले जानकारी गराईदिने हेतुले नाम टिप्न आव्हान गरिएको उनले बताए ।

सूचनामा भनिएको छ, २०७७ को लागि कक्षा ८ उतिर्ण विद्यार्थीहरुको अभिभावकहरुलाई आफ्ना बालबालिकालाई पविधिक शिक्षा तर्फ बाली वित्रान विषयमा अध्यापन गराउन चाहानु भएमा ९८४१३३८७८४, ९८१६२००६०३ र ९८५१०८२७१० मा सम्पर्क गरि नाम टिपाउनु होला ।

यस अघिका समाचारहरु पनि पढौं

चन्द्रोदयको कृषि विज्ञानमा विद्यार्थीको आकर्षण

तीज गीत नृत्यमा चन्द्रोदय मावि प्रथम

वक्तृत्वकला प्रतियोगितामा चन्द्रोदय मावि प्रथम

चन्द्रोदयमा आँखा परिक्षण शिविर सम्पन्न

चन्द्रोदय माविले शनिबार बाहेक अरु दिन सार्वजनिक विदा नदिने

गाउँपालिका स्तयि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रोदय मावि प्रथम

चन्द्रोदयमा विद्यार्थीको कुपोषण चेक जाँच

चन्द्रोदयमा आईसीटी कक्षा सुरु

चन्द्रोदयको बक्तृत्वकलामा ८३ जना सहभागि

सहिद स्मृति कप चन्द्रोदय माविले जित्यो

बेनीघाट रोराङका सम्पूर्ण खवरहरुको लागि यहाँ क्लिक गरौं ।

x