जिउँदा सहिद धादिङका रामबहादुर भण्डारी र जेष्ठ १९

Avatar photo
Dhadingpost
जेष्ठ १९, २०७७

धादिङबेसी जेष्ठ १९ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित हाँसे पसल निवासी जिउँदा सहिदका रुपमा चिनेने नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशका नेता रामबहादुर भण्डारीलाई जेष्ठ १९ गते प्रहरीले बायाँ छातीमा गोली हानेर फालेको दिन हो ।

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका नेता भण्डारीलाई २०५५ साल जेष्ठ १९ गते किलो शेरा टु अप्रेसनको क्रममा बायाँ छातिमा गोली हानिएको थियो । जनयुद्धकै क्रममा भण्डारीका दुईभाई छोरा व्यवत्ता छन् ।

विभिन्न नेतृत्वदायी भुमिका पार गरेका भण्डारी शशस्त्र द्धन्द्धका वेला तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख हुंदै पार्टी खुल्ला राजनितिमा आएपछि जिल्ला समिति अध्यक्ष , शहिद तथा वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य, स्थानीय शान्ति समिति धादिङको संयोजक भुमिका निर्वाह गर्दै हाल सत्तरुढदल नेकपाको बागमती प्रदेश सचिवालय सदस्यको भुमिकामा छन् ।

पार्टीका लागि दुई भाई छोरा गुमाएका र आफै घाईते शरीर लिएर हाल जनता माझ देखिने भण्डारी चुनावमा भने पार्टीले विर्सने पात्र मध्य पर्ने गरेका छन् ।

जेष्ठ १९ र रामबहादुर भण्डारी

आज कै दिन २०५५ जेठ १९ गते त्यो कालो रात माओवादी जनयुद्ध दमन गर्ने ठुला अप्रेसन मध्य एक थियो किलो शेरा टु अप्रेसन । अन्दाजी रातको १२ बजेको थियो, पानी पर्न बिजुली मेघ गर्जिरहेको थियो त्यसैले अवस्थामा सशस्त्र प्रहरी जनपथ प्रहरीले भण्डारीको घरमा घेरा हाले ।

घरमा सुति सकेका भडारीको घरको ढोका फुटाएर प्रहरी भित्र पस्यो र दुवै हात बाँधेर मुखमा पट्टी बाँधेर निर्ममतापूर्वक शारीरिक तथा मानसिक यातना दिदै घरबाट बाहि निकाल्यो । पार्टीको अनुशासन र गोपनीयता नखोलेपछि साबिक ज्यामरुङ ८ गोला भञ्ज्याङ्ग छाती, हात र निधारमा गोली हानी मृत्यु भएको निश्चित गरी मकैबारीमा फालेर प्रहरीहरु हिडेका थिए ।

त्योबेलाबो घटना क्रम सुनाउँदै रामबहादुर भण्डारी भन्छन् । स्थानीय जनताको सहयोगमा विशेष गरी हाल बेपत्ता छोरा शुवासचन्द्र भण्डारी र भतिजी भगवती भण्डारीको सहयोगबाट सबै धादिङ जिल्ला बासी सदरमुकाम र काठमाडौंको पर्यटन व्यवसायीहरुको अतुलनीय सहयोगबाट जिल्ला अस्पताल हुदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज उपचार कक्षासम्म पुर्याईएकोले बाच्न सफल भएको हुँ ।

तत्कालीन अवस्थामा माओवादीलाई सहयोग गर्ने भनेको निकै जोखिम एवं चुनौतीपूर्ण थियो तर पनि पर्यटन व्यवसायी ज्योती अधिकारी, गणेश सिम्खडा, हरि धरेल, बिष्णु पुकार श्रेष्ठ लगायतले घाईते भण्डारीलाई उपचारका लागि महत्वपूर्ण सहयोग गरे । त्यसपछि भण्डारीलाई अस्पतालबाटै गिरफ्ुतार गरि ३ बर्ष २ महिना ७ दिन जेल राखि मुुक्त गरेका थियो ।

x