त्रिपुरासुन्दरीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु, गोरेटो बाटो खनिदैं

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७७


धादिङ जेष्ठ १८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निमार्ण सुरु गरेको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आईतबार देखि त्रिपुरासुन्दरी गाउँपालिका वाडा न ४ को थानी चण्डी आधारभुत बिद्द्यालय हुँदै सल्यानकोट स्वस्थ्य चौकी र बेलुङ्ग भन्ज्याङ्ग सम्म्को गोरेटो बाटो निमार्ण सुरु गरि गरिएको हो ।

३ लाख ७० हजार बजेटमा उक्त गोरेटोबाटो खन्न १५० जना फिल्डमा खटिएको मदन श्रेष्ठले धादिङपोष्टलाई बताए ।

स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस आर्थिक वर्षमा स्थानीय तहलाई रु दुई अर्ब सशर्त अनुदान निकासा गरेको थियो । यहि रकमबाट स्थानीय तहहरुमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमहरु हुने गरेका छन् ।

x