बागमती प्रदेशमा ४२ जना कोराना संक्रमित,२० जना निको भएर फर्किए, २ को मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७७

धादिङ जेष्ठ १७ । बागमती प्रदेशमा हाल सम्म ४२ जना कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित मध्ये २० जना निको भएर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म प्रदेशमा देखिएका ४२ जना संक्रमितमध्ये २० जना निको भएर डिस्चार्ज भएका हुन् भने सिन्धुपाल्चोक र ललितपुरमा एक-एक जनाको मृत्यु भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार, धादिङमा तीन, काठमाडौंमा १६, चितवनमा ६, भक्तपुरमा चार, मकवानपुरमा पाँच, ललितपुरमा दुई, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, नुवाकोट र दोलखामा एक-एकजनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

अहिले सम्म बागमती प्रदेशको एक मात्र जिल्ला रसुवामा एक जना पनि कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित भेटिएको छैन ।

अहिले सम्म बागमती प्रदेशमा नौ हजार १४ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण र २५ हजार दुई सय ३१ जनामा आरडिटीबाट एन्टिबडी परीक्षण गरिएको सकिएको मन्त्रालयलले जनाएको छ ।

x