देशभरका गणित शिक्षकको अनलाईनबाट तालिम सुरु

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०७७

धादिङ जेष्ठ १६ । गणित शिक्षा परिषद धादिङले देशभर छरिएर रहेका माध्यामिक विद्यालयमा अध्यापन गराउने गणित विषयका शिक्षकलाई अनलाईनबाट गणित प्रयोगशाल विकास सम्बन्धी अभिमुकिकरण कार्यक्रम सुरु गरेको छ ।

शुक्रबार देखि सुरुभएको उक्त अभिमुकिकरण कार्यक्रम कार्यक्रम हरेक दिन बिहान साढें सात बजे दसख ९ बजे सम्म १५ दिन सम्म संचालन हुनेछ ।

धादिङ जिल्लामा सरकारी तथा निजी विद्यालयमा अध्यापन गराउने गणित विषयका शिक्षकहरु आवद्ध गणित शिक्षा परिषद धादिङले संयोजन गरेको उक्त भिमुकिकरण कार्यक्रम अनलाईन भिडियो संचालन गरिएको परिषदका सचिव उत्तम भट्टले धादिङपोष्टलाई बताए ।

सचिव भट्टका अनुसार शुक्रबार उद्घाटन गरिएको उक्त कार्यक्रममा देशभरका २८० जना भन्दा बढी गणित विषयका शिक्षकहरुले सहभागिता जनाएका थिए ।

धादिङमा कहिले शिक्षक केन्द्रित, कहिले विदार्थी केन्द्रित गणित शिक्षा सम्बन्धीका कार्यक्रम निरन्तर गर्दै आईरहेको यस परिषदको यो कार्यक्रम परिणम मुखि हुने सचिव उत्तम भट्टले दावी गरेका छन् ।

यो कार्यक्रममा सहभागिता हुनको लागि परिषदले देशभरिका गणित शिक्षकहरुका लागि सुचना समेत जारी गरेको छ । सुचनामा भनिएको छ, कार्यक्रम १५ दिन सम्म हरेक दिन बिहान ७ः३० बजे ९ बजे सम्म हुनेछ । उक्त भिडियो अनलाईननमा सहभागिता जनाउन APP: ZOOM MEETING, ID: 8400375978, PASSWORD: 5555 प्रयोग गर्न समेत भनिएको छ ।

x