
धादिङ जेष्ठ १६ । गणित शिक्षा परिषद धादिङले जिल्लामा रहेका देशभरिका गणित विषयका शिक्षकलाई अनलाईनबाट सशक्तिकरणका लागि गणित प्रयोगशाल विकास सम्बन्धी अभिमुकिकरण कार्यक्रम गर्ने भएको छ ।
धादिङ जिल्लामा सरकारी तथा निजी विद्यालयमा अध्यापन गराउने गणित विषयका शिक्षकहरु आवद्ध गणित शिक्षा परिषद धादिङले लकडाउनका कारण अनलाईन भिडियोबाट आज देखि १५ दिन सम्म गणित प्रयोगशाल विकास सम्बन्धी अभिमुकिकरण कार्यक्रम गर्ने भएको हो ।
धादिङमा कहिले शिक्षक केन्द्रित, कहिले विदार्थी केन्द्रित गणित शिक्षा सम्बन्धीका कार्यक्रम निरन्तर गर्दै आईरहेको यस परिषदको यो कार्यक्रम परिणम मुखि हुने सचिव उत्तम भट्टले दावी गरेका छन् ।
यो कार्यक्रममा सहभागिता हुनको लागि परिषदले देशभरिका गणित शिक्षकहरुका लागि सुचना समेत जारी गरेको छ । सुचनामा भनिएको छ, कार्यक्रम बिहान ७ बजे ९ बजे सम्म हुनेछ । उक्त भिडियो अनलाईननमा सहभागिता जनाउन APP: ZOOM MEETING, ID: 8400375978, PASSWORD: 5555 प्रयोग गर्न समेत भनिएको छ ।
