सुकौरामा गौलीद्वारा प्रतिक्षालय निर्माण

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७७

धादिङ जेष्ठ १४ । धादिङको त्रिपुासुन्दरी गाउँपालिका वडा नम्बर ७ स्थित सुकौरामा विष्णु प्रसाद गौलीले आफ्नो व्यक्तिगत लगानीमा यात्रु प्रतिक्षालयको निर्माण गरेका छन् ।

स्वर्गीय पिता गंगादत्त गौली र माता दुर्गादेवी गौलीको सम्झनामा विष्णु प्रसाद गौलीले व्यक्तिगत नगद ३ लाखको लगानीमा यात्रु प्रतिक्षालयको निर्माण गरेका हुन् ।

सुकौरामा मानिसरु बढी आवतजावत गर्ने र सवारी साधनहरु चलेको समयमा यात्रुहरुलाई बाटो काट्न निकै समस्या हुने भएपछि प्रतिक्षालय बनाएको गौलीले धादिङपोष्टलाई बताए । सुकौराको प्रतिक्षालयको निर्माणपछि यात्रुहरुलाई सहज हुने विश्वास समेत गरिएको छ ।

प्रतिक्षालय निर्माणको लागि आवश्यक काठ अल्पुपाखा सामुदायिक वन र लाहुरेघारी सामुदायिक वनले उपलब्ध गराएको थियो । प्रतिक्षालय मा सफा र स्वच्छ खानेपानी समेतको व्यवस्था गरिने गौलीले बताए ।

गाउँ-गाउँमा रहेका पाटी पौवा र चौताराहरु मासिने क्रम जारी छ । यदा कदा रहेका पार्टी पौवाहरु पनि संरक्षणको अभावमा जिर्ण बन्दै गहि रहेका छन् । जिर्ण पाटी पौवाको संरक्षणकोे लागि स्थानीयहरु उदासिन देखिए सँगै गाउँ-गाउँमा स्थानीयहरु नै संरक्षण लागि रहेको बेला सुकौरामा अत्यावश्यक बनि रहेको प्रतिक्षालय गौलीले व्यक्तिगत लगानीमा बनाएका हुन् ।