धादिङमा बिहान ११ देखि ४ बजे सम्म पसल खुल्ने

Avatar photo
Dhadingpost
जेष्ठ १०, २०७७

धादिङबेसी जेष्ठ १० । धादिङ उद्योग वाणिज्य संघको संयोजनमा बसेको बैठकले धादिङमा जेष्ठ ११ गते देखि २० गते सम्म दैनिक बिहान ११ बजे देखि बेलुका ४ बजे सम्म अत्यावश्यक सेवाका पसलहरु खुलाउने निर्णय गरेको छ ।

१७ वटा संघ संस्थाहरुको उपस्थितिमा उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले अर्को निर्णय नहुँदा सम्म जेष्ठ २० गते सम्म अत्यावश्यक सेवा भित्र पर्ने पसलहरु ११ बजे देखि बेलुका ४ बजे खोल्ने निर्णय गरेको हो ।

बैठकले गरेको २ नम्बर बुँदामा भनिएको छ, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्न सकारले लकडाउनको समय थप्दै गएकोले आम उपभोक्तालाई अत्यावश्यक सामाग्री सहज आपुर्ति सहजको लागि ग्यास, दाना, खाद्यान्न लगायतका पसलहरु संचालन गर्ने ।

यस्तै उक्त बैैठकले गरेको ३ नम्बरको बुँदामा भनिएको छ, धादिङ जिल्लामा खपत हुने हरियो तरकारी, खाद्यान्न, इट्टा लगायतका सामानहरु सकेसम्म जिल्ला मै उत्पादन भएकालाई प्राथमिकता दिईने र काठमाडौ र तराईबाट ल्याउन प्रतिवद्ध लगाईने छ ।

बैठकले धादिङबेसीका टोलसुधार समिति र नीलकण्ठ नगरपालिका वडा नं. ३ ले विगत एक साता देखि अत्यावश्यक सेवाका पसल तथा ढुवानी बन्द गराउँदा भएको क्षेतिका विषयमा कुनै निर्णय गरेको छैन ।

निर्णयहरु यस्ता छन् :

x