धादिङमा कोरोना संक्रमित संख्या तीन पुग्यो

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७७

धादिङ जेष्ठ ५ । धादिङ जिल्लामा अहिले सम्म कोरोना भाईसर संक्रमित हुनेको संख्या तीन जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी आज पुष्टि भएका ६२ जना मध्य एक जना धादिङका छन् । यो सँगै धादिङ जिल्लामा संक्रमित हुनेको संख्या ३ पुगेको हो ।

तीन जना मध्य नेत्रावती डब्जोङ गाउँपालिकाका १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य दुई जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

आज बाँकेमा ४७ जना र रौतहट, बारा, मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ, धादिङ सहितका जिल्लामा गरी ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ९ जना संक्रमित थपिएको जानकारी दिएको थियो । अपरान्ह मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपरान्ह ५३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । थपिएका संक्रमितहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेको डा. देवकोटोले बताए ।

गुल्मीमा पहिलोपटक संक्रमित भेटिएका छन् । देशका कुल ३१ जिल्लामा संक्रमित भेटिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

x