नयाँ किताब पाए सँगै विद्यार्थी खुसी

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७७

धादिङ जेष्ठ ५ । धादिङबेसी सदरमुकाम नजिकै रहेको पाल्पा सामरी भञ्ज्ङ माध्यामिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई नयाँ किताब वितरण गरे सँगै विद्यार्थीहरु खुसी भएको भएका छन् ।

लकडाउनका कारण अस्तव्यस्त बनेको क्षेत्र मध्य शैक्षिक क्षेत्र पनि एक हो । विद्यार्थी र शिक्षकहरु भेट नभएको पनि ३ महिना भैसक्यो । किताब ल्याएर स्कुलमा राखेका थियौं अभिभावकहरुले सामाजिक दुरी कायम गरी वितरण गर्न आव्हान गरे सँगै यो लकडाउनको समयमा विद्यार्थीले घर मै बसेर अध्ययन गरुन भन्ने अभिप्रायले किताब वितरण गरिएको प्राध्यानाध्यापक नरहरि लम्सालले बताए ।

कक्षा १ देखि १० सम्मका २६० जना विद्यार्थीहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको सामाजिक दुरीमा राखेर ४ दिन लगाई किताब वितरण गरेको धादिङपोष्टलाई प्राध्यानाध्यापक लम्सालले बताए ।

धादिङमा अन्य विद्यालयहरुले पुस्तक वितरण गरेका छैनन्, माथिल्लो निकाएबाट पनि निर्देशन आएको हैन, सुरुमा गल्ती हुन्छ कि, जस्तो लगेको थियो, अभिभावको दवाव र विद्यार्थीको नयाँ किताव लिने उत्साहलाई सम्मान गर्दै किताब वितरण गरिएको प्राध्यानाध्यापक लम्साल बताउँछन् ।

धादिङ पुस्तक व्यवसायी सघले धादिङ जिल्लाका ५६४ वटा सामुदायीक विद्यालयहरुलाई पुग्ने गरि साढें २ करोडको कक्षा १ देखि १० सम्मका पुस्तकहरु धादिङ ल्याएर विद्यालयमा पढाई रहेको छ । पुस्तक व्यवसायी सघले धादिङबेसीमा एउटा गोदाम र राजमार्ग क्षेत्रमा ३ वटा (धार्के, गजुरी र चरौंदी) गोदाम बनाएका विद्यालयहरुमा किताव पठाउने काम गरि रहेका छन् ।

धादिङमा पुस्तक आयो, अब विद्यालयमा पठाईने

x