
धादिङ जेष्ठ ५ । धादिङको नीलकण्ठ नगरपालिकाले भातबाट आई भैरहवाको क्वारेन्टाईनमा बसेका २६ जनालाई लिन सोमबार बस पठाएको छ ।
हरेको मानिसको आफ्नो घर आउन पाउने अधिकारको सुनिश्चिता गर्दै उनीहरुलाई लिन बस पठाईएको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाले धादिङपोष्टलाई बताए ।
रोजगारीको शिलसिलामा भारतमा रहेका नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका २६ जना २१ दिन अघि घर आउने क्रममा भैरवाहले क्वारेन्टाईनमा राखेको थियो । आज हामीले बस पठाएका छौं उनीहरुलाई सदरमुकाम रहेको क्वारेन्टाईमा राख्ने व्यवस्था मिलाईएको समेत नगर प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई बताए ।
आईतबार सरोकारवालाहरुको सुरक्षात्मक प्रतिकार्य बैठक सम्पन्न गेको नीलकण्ठ नगरपालिकाले लकडाउनलाई प्रभाव कारी बनाउने निर्णय गरेको थियो । उक्त बैठमका रमेश धमलाले स्थानीय तहरुले देशका विभिन्न ठाउँहरुमा रोकिएका आफ्ना नागरिकहरुलाई ल्याउन आग्रह गरेका थिए ।
संयोग वा बैठक कार्यान्वयनमा नीलकण्ठको चासो, आफ्ना नागरिकहरु भैरहवामा २१ दिन क्वारेन्टाईनको बसाई पछि लिन बस भैहवा गएको छ ।
आईतबारको बैठकमा नगर प्रमुख ढुङ्गानाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम सेवकहरुलाई धन्यावाद, सुरक्षा तँगारो लगाउने, सबै व्यवसाय तथा वित्तिय संस्था बन्द गर्ने,एकहप्ता पछि आलोपालो व्यवसाय तथा वित्तिय संस्था खोल्ने, अत्यावस्यक सवारी पास, नियमित अनुगमन, सुरक्षा सचेतना तथा सूचना प्रवाह, कोभिड १९ को द्रुत परिक्षण, विकास निमार्ण गतिविधि सम्बन्धी एजेण्डा प्रस्तुत गरेका थिए ।
केहि दिन देखि केन्द्रिय सरकारले गरेको निर्णय भन्दा माथि गएर सदरमुकाममा टोल सुधार समितिहरुले औषधी पसल वाहेकका अत्यावश्यीय सेवाहरु समेत बन्द गरिदिँदा नगरपालिकाले खाद्यान्न तथा तरकारी पसलहरु खुल्ला नगरेकोमा नागरिककर्मीहरुले विरोध गरिहेका छन् । फोटो स्रोतः नीलकण्ठ नगरपालिका

