
धादिङबेसी जेष्ठ ४ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम नाथ सिलवालले सहज परिस्थितिमा जो पनि नेता हुन्छन्, बास्तविक नेता संकटमा फिल्डमा रहेर जुध्छन् लुक्ने हैन, लुक्ने नेता हुन नसक्ने बताएका छन् ।
नीलकण्ठ नगरपालिकाले जिल्लाका राजनीतिक दलका प्रमुख, धादिङको त्रिशुली यताका ८ गाउँपालिका अध्यक्ष, यस क्षेत्रका सांसदहरुलाई बोलाए र गरेको सुरक्षा प्रतिकार्य बैठकमा नेताहरु नआए सँगै सिद्धलेकका प्रमुख सिलवालले संकटमा लुक्ने नेता हुन नसक्ने बताएका हुन् ।
बल्ल कोरोनाले नेपालमा महामारिको रुपमा प्रवेस गरेको बताउँदै प्रमुख सिलवालले नेता जनताको माझमा हुनुपर्छ, जनताको समस्या र संकटमा घरमा लुक्ने नेता हुँन नसक्ने भन्दै जनताले मुल्याङ्कन गरि रहेको बताएका थिए ।
नीलकण्ठ नगरपालिकाले बोलाएको बैठकका नआउने जिल्ला समन्वय, जिल्ला प्रशासन, सांसदहरुले नै यस्तो किसिमको बैठक किन नराखेको ? आफु पनि नराख्ने नीलकण्ठले राख्दा पनि नआउने ? सिलवालले चिन्ता व्यक्त गरे ।

नीलकण्ठका प्रमुख भिम ढुङ्गानाले अफु सँग धादिङबेसी सदरमुकाम छिर्ने नाका तपाईको गाउँपालिकामा पर्छ लकडाउनलाई थक कडाई बनाउन के गर्ने भने र भन्नु भए सँगै धादिङबेसी हुँदै जानु पर्ने अन्य गाउँपालिकाका अध्यक्ष, यस क्षेत्रका सांसदहरु र जिल्लाका अन्य सरकोकारवाला निकायलाई पनि बोलाएर बैठक बस्ने निर्णय भए अनुसार बैठक नीलकण्ठले बोलाएको खुलासा गरेका थिए ।
निर्यय कार्यान्वय गर्ने निकाय नै नआएपछि बैठकको निर्णय गरेर अर्थ नहुने र सरकारले निर्णय गरेको अत्यावश्य सेवा बन्द गर्ने पक्षमा आफ्नो मत नरहने बताएका थिए ।
बैठमा सहभागिहरुले धादिङबेसीमा वडा र टोल सुधार समितिले गरेको अत्यावस्यकीय सेवा बन्दको विरोध गरेका थिए ।
बैठकमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम सेवकहरुलाई धन्यावाद, सुरक्षा तँगारो लगाउने, सबै व्यवसाय तथा वित्तिय संस्था बन्द गर्ने,एकहप्ता पछि आलोपालो व्यवसाय तथा वित्तिय संस्था खोल्ने, अत्यावस्यक सवारी पास, नियमित अनुगमन, सुरक्षा सचेतना तथा सूचना प्रवाह, कोभिड १९ को द्रुत परिक्षण, विकास निमार्ण गतिविधि सम्बन्धी एजेण्डा प्रस्तुत गरेका थिए ।
बैठकमा अन्य दलहरुको अध्यक्ष उपस्थिति नरहेता पनि नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला भने उपस्थित थिए ।
