नीति तथा कार्यक्रमः खेलकुद पूर्वाधार निमार्णलाई प्रोत्साहन गरिने

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७७

काठमाडौं जेष्ठ ३ । सरकारले खेलकुद पूर्वाधार निमार्णलाई प्रोत्साहनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

कोरोना भाइरसको महामारीले रोकिएको नेपालको खेलकुद विकासका कार्यक्रमलाई शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट राहात मिलेको आभाष गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को निती तथा कार्यक्रममा खेलाडीको क्षेमता विकास र पुर्वधार विकासमा जोड दिईने बताईएको छ ।

खेलकुदबारे दुईटा बुँदा समेटिए निती तथा कार्यक्रममा पहिलो बुँदा २४४ मा भनिएको छ, नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले हाल सम्म कै सबैभन्दा बढी ५१ स्वार्ण सहित २ सय सात पदक जितेको छ । राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षेमता विकास गरिने छ ।

यस्तै २४५ नम्बरको बुँदामा भनिएको छ, स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वधारहरुको निमार्ण तथा स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईनेछ । यसै बुँदामा भनिएको छ, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने कार्य अगाढी बनाईने छ । निजी क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधार निमार्णलाई प्रोत्साहन गरिने छ ।

नीति तथा कार्यक्रममा समेटिएको यी बुँदाले खेलाडीहरुमा थप उत्साह पैदा भएको छ । स्थानीय तहमा बन्दै गरेका खेलकुद मैदानहरुले निरन्तरता पाउने भए सँगै धादिङको बेनिघाट रोराङमा निमार्ण सुरु भएको क्षेत्रिय स्तरको क्रिकेट मैदान, सल्यानटारमा बन्ने क्रिकेट मैदान, धादिङबेसी र गजुरीको गलौदीमा बन्ने फुटबल मैदान निमार्णले निरन्तरता पाउने आशा गर्न सकिन्छ ।

x