गंगाजमुनामा वार्षिक परिक्षा नै नगरि नतिजा सार्वजनिक गरिँदै

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७७

धादिङ जेष्ठ १ । धादिङको गंगाजमुना गाउँपालिकाले वार्षिक परिक्षा नै नगरि नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई अनुमति दिएको छ ।

सरकारले चैत्र ५ गते भित्र वार्षिक परिक्षा गरि सक्न गरेको निर्देशन अटेर गरेको धादिङको गंगाजमुना गाउँपालिकाले लकडाउनका कारण परिक्षा नै नलिई कक्षा १–९ को नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई अनुमति दिएको हो ।

गंगाजमुना गाँउपालिकाको शिक्षा समितिको बैठकले आन्तरिक रुपमा मूल्यांकन गरी नतिजा निकाल्न विद्यालयहरुलाई अनुमति दिएपछि अन्तिम परीक्षा बिनै नतिजा सार्वजनिक विद्यालयहरुलाई बाटो खुलेको हो ।

कोरोना भाइरसको सक्रमण रोक्न नेपाल सरकारले चैत्र ६ गतेबाट विद्यालय बन्द गरेपछि परीक्षा सञ्चालन गर्न मिलेन । वन्दावन्दीको अवस्थामा परीक्षा लिने कुरै भएन । वन्दावन्दी खुलेपछि परीक्षा लिइरहनु सान्दर्भिक नहुने भएकाले विद्यालयहरुलाई आन्तरिक रुपमै मुल्यांकन गरेर नतिजा सार्वजनिक गर्न अनुमति दिएको गाँउपालिका अध्यक्ष अधिकारीले बताए ।

गंगाजमुना र्गाँपालिकामा ४९ वटा सामुदायि विद्यालय मध्ये सात माद्यामिक विद्यालय र ४२ वटा आधारभुत विद्यालय छन् । दुईवटा संस्थागत विद्यालय रहेकाछन् । ती विद्यालयमा पूर्व प्राथमिक तह देखि कक्षा १२ सम्म चार हजार छ सय पाँच जना अध्यायनरत छ ।

यसै गाँएपालिका वडा नं। ३ र ४ का एक मावि सहित १२ वटा विद्यालयले कक्षा ८ बाहेकको परीक्षा चैत्र १ गतेबाट सञ्चालन गरेर सम्पन्न गरेको तामाङ खर्क मावि सातदोबाटेका प्रधानाध्यापक दिपक सिंखडाले बताए ।

x