
धादिङ बैशाख ३१ । धादिङको बेनीघाट रोराङले जारी लकडाउन कार्यान्वयनलाई कडा बनाउने निर्णय गरेको छ ।
कोरोना भाईरस संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउन स्थानीय स्तरमा उल्लङ्घन हुन थाले सँगै बेनीघाट रोराङको बुधबार बसेको बैठकल लकडाउन कार्यान्वयनलाई कडा बनाउने निर्णय गरेको हो ।
बैठकले अत्यवश्यक सेवाहरु औषधी, खाद्यान्न सामाग्री, तरकारी बिऊ विजन, ग्यासका पसलहरुमात्र दैनिक बिहान ७ देखि १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ ।
त्यस्तै निमार्ण सामाग्री खरिद तथा विक्रि गर्न सामाजिक दुरी कायम गरी बिहान ८ बजे देखि १० बजे सम्म पाईने । छिमेकी गाउँपालिका आउने सवारी साधनले बिहान ७ बजे देखि १० बजे सम्म सामान खरिद गरि बेनीघाट रोराङको सिमारेखा पार गरि सक्नु पर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले राजमार्गमा चल्ने सवारी साधनहरुलाई सामाग्री किन बेच गर्न निशेष गर्ने औषधी, खाद्यान्न सामाग्री, तरकारी बिऊ विजन, ग्यास, दुग्ध, संचारका सवारी साधनलाई कुनै अवरोध नगरिने लगायतका निर्णयहरु गरेको छ ।
मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमित भएको पुष्टि भए सँगै बेनीघाट रोराङले लकडाउनलाई कडा बनाउने तयारी गरेको हो ।
नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २ सय १९ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म उपचारपछि ३४ जना डिस्जार्च भइसकेको र बाँकी उपचाररत १ सय ८४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह– प्रवक्ता डा.समिर कुमार अधिकारी बताएका छन् ।


