धादिङमा रासायनिक मलको अभाव छैन -प्रमुख घिमिरे (कहाँ कति-कति मल गयो विवरण सहित)

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७७

धादिङ बैशाख ३० । धादिङ जिल्लामा माग बमोजिम रासानिक मल आयात गर्न नसकिए पनि अभाव भने नभएको कृषि सामाग्री कम्पनी शाखा कार्यालय धादिङ प्रमुख शर्मिला घिमिरेले बताईन् ।

सहकारी मार्फत रासायनिक मल वितरण गरि रहेको कृषि सामाग्री कम्पनी गजुरीबाट अहिले सम्म ५९ वटा विभिन्न कृषि सहकारीले किसानका लागि रासायनिक मल लगि सकेको र अन्य सहकारीले समेत लानेक्रम रहेकोले धादिङमा मल अभाव नहुने कार्यालय प्रमुख घिमिरेले धादिङपोष्टलाई बताएकी हुन् ।

रासायनिक मल खरिद गरी देशभर विक्री वितरण गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनीको धादिङको लागि शाखा कार्यालय गजुरीमा रहेकोले उत्तरी धादिङको रुबीभ्याली सम्मका सहकारीहरुले तोकिएको मापदण्ड पुरा गरी गजुरी जानु पर्ने वाध्यता छ ।

मल वितरण प्रक्रियालाई सहज बनाउन स्थानीय तह सँग सहकार्य गरि क्षेत्रगत रुपमा वितरण केन्द्र बनाउन सकिँदैन भन्ने हाम्रो प्रश्नमा प्रमुख घिमिरेको भनाई छ, धादिङको लागि हामी जम्मा दुई जना कर्मचारी छौं । माथिबाट जस्तो आदेश आउँछ त्यहि गर्ने हो, अहिलेलाई सबै सहकारी गजुरी नै आउनु पर्छ ।

धादिङका १४० वटा सहकारीले धरौटी रकम बुझाएर मलको माग गरेपनि मापदण्ड पुरा गरेका ५९ वटा सहकारीले मात्र अहिले सम्म मल लगेको उनले बताईन् ।

धादिङको ४ वटा गाउँपालिकामा अझै मल पनि पुगेन

राज्यले विभिन्न मापदण्ड बनाएर सहकारीलाई मात्र रासायनिक मल दिने नीति बनाए सँगै किसानहरु झनै मर्कामा परेको देखिन्छ । ९ वटा स्थानीय पालिकाका केहि सहकारीले मल लगेको देखिए पनि अझै ४ वटा गाउँपालिकाहरु नेत्रावती डब्जोङ्, गंगाजमुना, खनियाबास र रुबीभ्यालीमा रासायनिक मल पुग्न सकेको छैन ।

कृषि सामाग्री कम्पनीले सहकारी भन्दा बाहिर मल नदिने भएपछि बजारका एग्रोभेट तिर पनि नपाईने, सहकारीमा पनि पहुँचवालाहरुको पालो आउने किसानहरु थप मर्कामा परेका हुन् । त्यसोत अझै ४ वटा गाउँपालिकामा रहेका कुनै पनि सहकारीले रासायनिक मल लगेको देखिँदैन यस क्षेत्रका किसानहरुको विषयमा सरोकारवाला निकायहरु कोही बोलेको देखिँदैन ।

स्थानीय तहका कुन-कुन सहकारीले कति रासायनिक मल लगे

१. नीलकण्ठ नगरपालिका

  • नीलकण्ठ कृषि सहकारी संस्था लि. नीलकण्ठ युरिया ४०० बोरा, डीएपी ८० बोरा
  • उपकार साना किसान कृषि सहकारी संस्था नीलकण्ठ युरिया १३० बोरा, डीएपी ८० बोरा
  • चुचुरेङ्दुङ कृषि सहकारी संस्था नीलकण्ठ युरिया १७० बोरा, डीएपी ७० बोरा
  • धुवाँकोट बहुउद्धेश्यीय कृषि सहकारी संस्था नीलकण्ठ युरिया १०० बोरा, डीएपी १० बोरा
  • भँगेरी भैरव कृषि सहकारी संस्था नीलकण्ठ युरिया १०० बोरा, डीएपी २० बोरा
  • कृषक जा. फ. सहकारी संस्था नीलकण्ठ युरिया ८० बोरा, डीएपी ५० बोरा
  • चमेरेगुफा कृषि सहकारी संस्था नीलकण्ठ युरिया ४० बोरा, डीएपी ४० बोरा

२. धुनीबेसी नगरपालिका

  • साना किसान कृषि सहकारी संस्था धुनिबेसी युरिया ८५ बोरा, डीएपी ८५ बोरा
  • नवदुर्गा तरकारी तथा फलफुल सहकारी संस्था धुनीबेसी युरिया १८५ बोरा, डीएपी १५५ बोरा
  • साना किसान कृषि बहुउद्धेश्यी सहकारी संस्था धुनीबेसी युरिया ६० बोरा, डीएपी ६० बोरा
  • उदय कृषि सहकारी संस्था धुनीबेसी युरिया १३० बोरा, डीएपी १२० बोरा
  • साना किसान कृषि सहकारी संस्था धुनीबेसी जिवनपुर युरिया ५०बोरा, डीएपी ५० बोरा

३. गजुरी गाउँपालिका

  • सगरमाथ कृषि सहकारी संस्था गजुरी युरिया ७० बोरा, डीएपी ३० बोरा
  • शुभबिहानी कृषि सहकारी संस्था गजुरी युरिया २३५ बोरा, डीएपी १०० बोरा
  • जन आदर्श कृषि सहकारी संस्था गजुरी युरिया २३५ बोरा, डीएपी ५५ बोरा
  • सद्भाव गरिवी निवारण सहकारी संस्था गजुरी युरिया १५५ बोरा, डीएपी २० बोरा
  • किराञ्चोक कृषि सहकारी संस्था गजुरी युरिया ७० बोरा, डीएपी १० बोरा
  • नवजीवन साना किसान कृषि सहकारी संस्था गजुरी युरिया ९५ बोरा, डीएपी ५५ बोरा
  • प्रवाङ कृषि सहकारी संस्था गजुरी युरिया १३० बोरा, डीएपी २० बोरा
  • सगरमाथा कृषि सहकारी संस्था गजुरी युरिया १८० बोरा, डीएपी ११० बोरा
  • घाटबेसी कृषि सहकारी संस्था गजुरी युरिया २३५ बोरा, डीएपी १९५ बोरा

४. सिद्धलेक गाउँपालिका

  • आपसि सहयोग बहुउद्धेश्यीय सहकारी संस्था सिद्धलेक युरिया १२० बोरा, डीएपी ७० बोरा
  • मनकामना कृषि सहकारी संस्था सिद्धलेक युरिया १९५ बोरा, डीएपी ९५ बोरा
  • सानाकिसान बहुद्धेश्यीय कृषि सहकारी संस्था सिद्धलेक युरिया ९५ बोरा, डीएपी १३० बोरा
  • साना किसान कृषि सहकारी संस्था सिद्धलेक कुम्पुर युरिया ५० बोरा, डीएपी ७० बोरा
  • सलाङघाट फलफुल तथा तरकारी सहकारी सिद्धलेक युरिया १०० बोरा, डीएपी १० बोरा
  • सामुदायीक साना किसान कृषि सहकारी संस्था सिद्धलेक युरिया १२५ बोरा, डीएपी १५ बोरा

५. थाक्रे गाउँपालिका

  • बिनायक कृषि सहकारी संस्था थाक्रे युरिया १८० बोरा, डीएपी १७० बोरा
  • लगनशिल कृषि सहकारी संस्था थाँक्रे युरिया २५५ बोरा, डीएपी १५५ बोरा
  • महांकालेश्वर कृषि सहकारी संस्था थाक्रे युरिया १३० बोरा, डीएपी १०० बोरा
  • महिला साना किसान कृषि सहकारी संस्था थाँक्रे युरिया २२५ बोरा, डीएपी २४५ बोरा
  • भिमेश्वर कृषि सहकारी संस्था थाँक्रे युरिया ४२ बोरा, डीएपी ४० बोरा

६. गल्छी गाउँपालिका

  • जनसरोका कृषि सहकारी संस्था गल्छी युरिया २५५ बोरा, डीएपी ३० बोरा
  • भिमेश्वर कृषि सहकारी संस्था गल्छी युरिया ९५ बोरा, डीएपी ४० बोरा
  • चिनिया खर्क कृषि सहकारी संस्था गल्छी युरिया २४५ बोरा, डीएपी १४५ बोरा
  • गल्छी कृषि सहकारी संस्था गल्छी युरिया १२० बोरा, डीएपी ७० बोरा
  • परिश्रमिक महिला बहुउद्धेश्यीय सहकारी गल्छी युरिया २५ बोरा, डीएपी ४० बोरा

७. त्रिपुरासुन्दरी गाउँपालिका

  • बक्ष कृषि सहकारी संस्था त्रिपुरासुन्दरी युरिया ३३० बोरा, डीएपी ९० बोरा
  • साना किसान कृषि सहकारी संस्था त्रिपुरासुन्दरी युरिया १०० बोरा, डीएपी ४० बोरा
  • मुलपानी कृषि सहकारी संस्था त्रिपुरासुन्दरी युरिया ८० बोरा, डीएपी ४० बोरा
  • साना किसान कृषि सहकारी संस्था त्रिपुरासुन्दरी सल्यानटार युरिया २५ बोरा, डीएपी २५ बोरा

८. बेनीघाट रोराङ गाउँपालिका

  • मलेखु फलफुल तथा तरकारी सहकारी बनीघाट रोराङ युरिया १७० बोरा, डीएपी ४० बोरा
  • कृषक सुधार सहकारी संस्था बेनीघाट रोराङ युरिया ६० बोरा, डीएपी ६० बोरा
  • गौरी शंकर कृषि सहकारी संस्था बेनीघाट रोराङ युरिया १०० बोरा, डीएपी ५ बोरा
  • जनभावना कृषि सहकारी संस्था बेनीघाट रोराङ युरिया २५ बोरा, डीएपी ३५ बोरा

९. ज्वालामुखि गाउँपालिका

  • श्रीकृष्ण कृषि सहकारी संस्था ज्वालामुखी युरिया ५० बोरा, डीएपी १५ बोरा
  • चन्द्रोदय बहुउद्धेश्यीय सहकारी संस्था ज्वालामुखी युरिया १०० बोरा, डीएपी २०
  • मैदी ग्रामिण बहुउद्धेश्यीय सहकारी संस्था ज्वालामुखी युरिया ११० बोरा, डीएपी ५५ बोरा
  • साना किसान कृषि सहकारी संस्था ज्वालामुखि युरिया ५० बोरा, डीएपी १५ बोरा

गाउँपालिका खुल्न नसकेको

  • साना किसान कृषि सहकारी संस्था युरिया ७० बोरा, डीएपी ५० बोरा
  • दियालो साना किसान कृषि सहकारी संस्था युरिया १४० बोरा, डीएपी ४० बोरा
  • तीन कन्या कृषि सहकारी संस्था युरिया ७० बोरा, डीएपी ३० बोरा
  • बुढीगण्डकी महिला कृषि सहकारी संस्था युरिया १०० बोरा
x