
काठमाण्डौं, बैशाख २९ । कपिलबस्तुमा आज बिहानै १० जनामा कोरोना संक्रमण पुष्टी भए सँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सोमबार बिहान ८ः३० बजे विज्ञप्ति जारी गर्दै कपिलबस्तुमा १० जना संक्रमितहरु फेला परे सँगै नेपालमा संक्रमितको संख्या एक सय २० पुगेको हो ।
कपिलबस्तुको शयोधरा गाँउपालिका ५ र बुद्धभूमि ७ र १० का प्राय सबै युवाहरुमा कोरोना देखिएको छ । उनीहरुको उमेर १८ देखि ३४ बर्ष सम्म छ भने एक जनाको उमेर खुलेको छैन ।
विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

