
धादिङ बैशाख २९ । धादिङ जिल्लाका ५६४ वटा सामुदायीक विद्यालयहरुका पुग्ने गरि २ करोडको कक्षा १ देखि १० सम्मका पुस्तकहरु धादिङ आएका छन् ।
सामुदायीक विद्यालयहरुमा सरकारले निशुल्क रुपमा प्रदान गर्ने किताब लकडाउनकै समयमा सबै गाउँपालिकाका विद्यालयहरुमा स्कुल खुल्नु पूर्व नै पुस्तक पुर्याउने गरि व्यवसायीहरुले पुस्तक धादिङ ल्याएका हुन् ।
यस वर्ष धादिङका पुस्तक व्यवसायीहरुले वितरणलाई सजिलो बनाउनका लागि धादिङबेसीमा एउटा गोदाम र राजमार्ग क्षेत्रमा ३ वटा (धार्के, गजुरी र चरौंदी) गोदाम बनाएका छन् ।
सामुहीक लगानी गरि किताब खरिद गरेर ल्याएका छौं वितरण पनि गोदावबाटै हुन्छ पुस्तक व्यवसायी केशव सापकोटाले धादिङपोष्टलाई बताए ।
धादिङबेसी बसपार्कमा रहेको गोदामबाट नीलकण्ठ नगरपालिका, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती डब्जोङ, गंगाजुना, खनियाबास र रुबीभ्यालीमा रहेका विद्यालयहरुमा पुस्तक पठाईने छ । भने धुनीबेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी र बेनीघाट रोराङका विद्यालयहरुलाई राजमार्गमा बनाईएको गोदामबाट पुस्तक वितरण गरिने बताईएको छ ।
गत वर्ष किताबहरु उद्यारोमा पठाईएकोले घाटा व्यहोरेका व्यवसायीहरुले यस वर्ष नगदमा मात्र कारोबार गर्ने बताएका छन् ।
स्थानीय सरकारले प्रत्यक विद्यालयको खातामा पुस्तक खरिदका लागि रकम पठाई सकेको र विद्यालयहरुले पनि पुस्तक व्यवसायीहरुलाई रकम भुक्तिनी सँगै किताव लैजाने तयारी गरेकोले लकडाउन कै अवधिमा किताव विद्यालयमा पुग्ने आशा गरिएको जिल्ला शिक्षा सवन्वय ईकाई धादिङका कृष्ण कुमार श्रेष्ठले बताए ।

