गुम्दी सातदोबाटोमा बलिदानी दिवस मनाईयो

Avatar photo
Dhadingpost
बैशाख २८, २०७७

धादिङ बैशाख २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गंगाजमुनाले गुम्दी सातदोबाटोमा गोविन्द सिंखडा स्मृति दिवसको अवसरमा बलिदानी दिवस मनाएको छ ।

विगतका वर्षहरुमा तात्कालिन माओवादी हुँदै माओवादी केन्द्र सम्मले मनाउँदै आएको यस दिवसलाई नेकपाले समेत निरन्तरता दिँदै आईतबार अन्तरक्रिया कार्यक्रमका बीच बलिदानी दिवस मनाएको हो ।

०६२ बैशाख २७ गते विहान ९ः३० बजे तात्कालिन सेनाले गिरफ्तार गरी बीच बाटोमा सेनाको ड्रेस पहिराई निर्मम यातना दिँदैं हात भाच्नुको साथै शरीरमा थुप्रै निलडाम र चोट लगाई मरणासन्न अवस्थामा एक रात राखेको थियो ।

बैशाख २८ गते बिहान करिब ५ः०० बजे फुलखर्कको मनटारी भन्ने ठाउँको सल्लाघारी चौरमा शिक्षक कै ड्रेसमा ३ राउण्ड गोली हानी विभत्स हत्या खाडलमा सेनाले पुरेर हत्या गरेको थियो ।

त्यसपछि हरेक वर्ष बैशाख २८ का दिन गोविन्द स्मृति दिनको अवसरमा सबै सहिदहरुको सम्मानार्थ बलिदानी दिवस मनाउन सुरुभएको नेकपा गंगाजमुनाका सचिव रामेश्वर सिंखडाले बताए ।

कोरोना भाईरस रोकथामका लागि गरिएको लकडाउका कारण खुल्ला कार्यक्रम नगरी सम्भव भएका गाउँपार्टीका कमिटीका सदस्यहरुको उपस्थििमा सामाजिक दुरीमा रहेर अन्तरक्रिया कार्यक्रम गरिएको सचिव सिंखडाले धादिङपोष्टलाई जानकारी दिए ।

गाउँपार्टी अध्यक्ष विष्णु सिंखडाको अध्यक्षतामा भएका अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सहिदको सपना बमोजिम पार्टी अगाडी बढ्नु पर्ने र कम्युनिष्ट आन्दोलनको धरातल विर्सन नहुने बताएका थिए ।

गोविन्द सिंखडालाई पक्राउ र हत्याको बारे संक्षिप्त जानकारी
समाजसेवी, जनप्रेमी, अन्याय अत्याचार बिरोधी को रुपमा परिचित शिक्षक गोविन्द सिंखडालाई सुराकीको आधारमा पञ्च कन्या आधारभुत विद्यालयमा पढाई रहेको बेला साना बालबालिकाहरुको बाल मस्तिष्कमा असर पर्नेगरी ०५९ साल जेष्ठ २ गते तात्कालिन शाही सुरक्षाफौजले पहिलो गिरफ्तार गरेको थियो । निर्मम यातना सहित आठ महिना २०५९ सालमा सर्वोच्चको आदेश बमोजिम तारेखमा रिहा भए ।

गोविन्द सिंखडा फेरी दोश्रा पटक २०६२। १। २७ गते बिहान ९ः३० बजे विद्यालय जाने तयारी गर्दैगर्दा आफ्नै घरबाट सेनाले गिरफ्तार गरि निर्मम यातना दिंदै सेनाको ड्रेस सिंखडालाई लगाई गाउँ डुलाएका थिए ।

रातभर यातन दिएर सेनाले राख्यो भने बैशाख २८ गते बिहान फूलखर्कको मनटारी भन्ने ठाउँको सल्लाघारि चौरमा खाडल खनी उत्तानो पारी खाडलभित्रै तिन राउण्ड गोलि हानी विभत्स हत्या गरेर खाडलमा पुरेको थियो ।

विरलै देख्न सकिने घटना खोजतलास गरी खाडल खोतलेर हेर्दा हातको चोर औला ठडिएको थियो । उहाँलाई खाडलमा राखी गोली हान्नु पूर्व नै हात भाँचिएको शरीरभरी निल डाम र चोट लाग्ने गरी यातना दिएको मृत शरीर हेर्दा जो कोहीले पनि अनुमान लगाउँथे ।

जब गोविन्दको भौतिक शरीरलाई गाउँलेहरुले गोली हानेर मारेको फेला पारे तब जनताहरु आक्रोशित बने तर के गर्नै हतियारले मत्ता बनेका शाही सेनाले पटक पटक जनतालाई दुःख दिदै आए पनि साधारण गाउँलेहरुले प्रतिरोध गर्न सकेनन् । तर हरक्षण जनताहरुको मुक्तिका लागी लड्दै आएको जनमुक्ति सेनाले जनताको चिच्याहट सुन्यो र गोविन्द सिंखडाको हत्याको बदला लिने योजना बनाई हत्याराहरुको खोजिमा निस्कियो ।

सहिद कृष्ण प्रसाद सिखंडा (गोविन्द) को जिवनी

धादिङका गोविन्द सिंखडालाई आजैको दिन थियो, खाडल भित्रै गोलि हानि हत्या गरिएको

x