
धादिङ बैशाख २८ । निजी तथा आवाशिय विद्यालय अर्गानाइजेसन नेपाल -प्याव्सन धादिङले शिक्षक यामबहादुर गुरुङको हत्या प्रति दुःख व्यक्त गरेको छ ।
प्याब्सन धादिङले विज्ञप्ती जारी गर्दै, गंगाजमुना गााउँपालिका वडा नं ५ मा संचालित गंगाजमुना एकेडेमीका प्रिन्सिपल यम बहादुर गुरुङको बैशाख २७ गते साँझ खुकुरी प्रहार गरि हत्या भएकोमा दु:ख व्यक्त गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, उक्त घटनाको खेद व्यक्त गर्दै, मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौँ । प्याब्सनले घटनाको यथार्थ छानविन दोषी माथी कानुनी कारवाही गर्न समेत माग गरेको छ ।
स्थानीय भिमसेन बुढाथोकीले धारिलो हतियार प्रहार गर्दा शिक्षक गुरुङको शनीबार राती मृत्यू भएको थियो ।
बुढाथोकीले दुबै खुट्टा र दुबै हात चुडिने गरी खुकुरी प्रहार गरे सँगै उपचारको लागि काठमाडौ लैजान नाईट भिजन हेलिकप्टरको प्रयास गरिए पनि हेलि नपाएपछि गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल ल्याईएको थियो ।
जिल्ला अस्पतामा उपचारको क्रममा शिक्षक गुरुङको मृत्यू भएको थियो । दोषी बुढाथोकीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

