
धादिङ बैशाख २८ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क दाङ्सीङ देउरालीमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङको हत्या गरिएको छ ।
स्थानीय भिमसेन बुढाथोकीले धारिलो हतियार प्रहार गरे सँगै उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा गम्भीर घाईते भएका गुरुङको मृत्यू भएको प्रहरी जनाएको छ ।
बुढाथोकीले गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका गुरुङको दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात चुडिने गरी धारिलो हतियार प्रयोग गरेका थिए ।
गम्भीर घाईते भएका गुरुङ्लाई शनिबार साँझ नै नाईट भिजन हेलिकप्टरबाट उपचारको लागि लैजाने तयारी गरिए पनि हेलिकप्टर नपाएपछि गाउँपालिकाको गाडीमा उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यू भएको हो ।
मैले गुरुङलाई काटेर आएँ भन्दै बाटोमा हिडिरहेको अवस्थामा भिमसेन बुढाथोकीलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका थिए । बुढाथोकी भगौडा सेना हुन् र उनी यस अघि पनि विभिन्न अपराधिक घटनामा आवद्ध हुने गरेको स्थानीयहरु बताउँछन् ।

