
धादिङ बैशाख २७ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क देउरालीमा
धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङ गम्भीर घाईते भएका छन् ।
धारिलो हतियार प्रहारबाट गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका गुरुङको दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात छिनेको अवस्था रहेको प्रत्यक्षदर्शीले बताए ।
शनिबार साँझ फुलखर्क देउरालीमा स्थानीय भिमसेन बुढाथोकीले प्रहार गरेको धारिलो हतियारबाट गम्भीर घाईते भएका गुरुङ्लाई नाईट भिजन हेलिकप्टरबाट उपचारको लागि लैजाने तयारी गरिए पनि हेलिकप्टर नपाएपछि गाउँपालिकाको गाडीमा उपचारको लागि जिल्ला अस्पताल लगिएको स्थानीयले धादिङपोष्टलाई बताए ।
मैले गुरुङलाई हानेर आएँ भन्दै बाटोमा हिडिरहेको भिमसेन बुढाथोकीलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् । घटना के कारणले भएको हो खुल्न सकेको छैन ।

