पर्यटक पर्खि रहेको पन्ध्रकोषमा, नेत्रावती डब्जोङ्ले डम्पिङ साईड बनाउँदै

Avatar photo
नारायण सिलवाल
बैशाख २७, २०७७

धादिङ बैशाख २७ । धादिङको पर्यटकिय सम्भाव्यता बोकेको पन्ध्रकोष जंगलमा नेत्रावती डब्जोङ गाउँपालिकाले फोहोर फाल्न डम्पिङ् साईट बनाउने भएको छ ।

पर्यटकहरुको पर्खाइमा रहेको पन्ध्रकोष जंगललाई गाउँपालिकाले फोहोर व्यावस्थापनको लागि डम्पिङ साईड निर्माण गर्ने भए सँगै स्थानीय नागरिक अगुवाहरुले विरोध जनाएका छन् ।

गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि अन्यत्र कतै स्थान खोजि गर्नु पर्ने स्थानीय प्रेम डिम्जोङ बताउँछन् । पन्ध्र कोष भनेको हुलाकी मार्ग क्षेत्र हो । जो पहिले हुलाकीहरु काठमाण्डौ देखि चिठ्ठी बोकेर हिड्ने गर्थे । साथै पन्ध्र कोष हुलाकीहरुको थकाइ मार्ने र आराम गर्ने ठाउँका रुपमा परिचित छ । इतिहास खोजकर्ताका लागि अत्यन्त महत्वपूर्ण यस ठाउँलाई गाउँपालिकाले पर्यटन प्रवद्र्धका लागि जोड दिनु पर्ने डिम्जोङले धादिङपोष्टलाई बताए ।

पन्ध्र कोष देखि सेल्ले जाने पुरानो हुलाकी बाटो छ, त्यही बाटोमा तारा खसेको भन्ने किंवदन्ती छ । त्यहाँ अहिले पनि ठूलो खाल्डो खुल्टी देख्न सकिन्छ ।

खाल्टो देखिने भाग पोखरी जस्तै छ, त्यस ठाउँमा ताराको सानो टुक्रा खसेको भन्ने गरिन्छ र त्यो तारा खसेको ठाउँ छेउ छाउमा रहेको ढुङ्गाहरूमा मानिसहरूको खुट्टाको पैतालाको छाप, गाई-भैंसी, कुखुरा र अरु थुप्रै जनावरहरूको खुट्टाको छापहरु अहिले पनि देख्न सकिने स्थानीयहरु बताउँछन् ।

हिमाल, पहाडका झरनाहरुको अवलोकन गर्न सकिने पन्ध्रकोषलाई पर्यटकिय स्थनको रुपमा विकास गर्न सकिय नेत्रावती डब्जोङको मात्र नभएर समग्र धादिङ्कै पहिचान राख्ने सकिने स्थानीय डिम्जोङ बताउँछन् ।

विरोधका वावजुत पनि शुक्रबार उक्त क्षेत्रमा गाउँपालिकाले स्थानीय भेला गरि डम्पिङ साइड निर्माण गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

भेलामा गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्य,प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेल, वडा नम्बर ४ का अध्यक्ष तिलक बहादुर गुरुङ, स्वास्थ्य संयोजक तथा सुचना अधिकारी कृष्ण बहादुर पौडेल, योजना शाखा प्रमुख अनुप लामिछाने लगायतको सहभागिता रहेको थियो ।