
धादिङ बैशाख २६ । धादिङको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको संयोजकत्वमा रहेको सीएमसी धादिङले कोरोना भाईरस संक्रमणको रोकथाम तथा उपचारको अवस्था, लकडाउनको अवधीको समिक्षा लगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।
सरकारको मन्त्रिपरिषद वैठकले लकडाउन जेष्ठ ५ गते सम्म लब्याए सँगै सीएमसी धादिङको बैठकले जिल्ला प्रवेश गर्ने नाकाहरुमा थप कडाई गर्ने, पास बाहेका कुनै पनि सवारी साधनहरु चल्न नदिने लगाएतका निर्णयहरु गरेको हो ।
धादिङका सिमाना नाकाहरु धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोला, मकवानपुर र धादिङको सिमानामा पर्ने दामेचौरमा व्यक्ति आगागमनलाई थप कडाई गर्ने र धुनीबेसी नगरपालिकाको पिपलामोड देखि बेनीघाट रोराङको मौवा खोला सम्म पैदल यात्रीलाई पूर्ण रुपमा रोक लगाउने समेत बैठकले निर्णय गरेको छ ।
धादिङमा ५९० जना राख्न मिल्ने क्वारेण्टाईनको व्यवस्था गरिएको र अहिले सम्म ३२० जनालाई क्वारेण्टाईनमा राखिए पनि हाल ७ जना मात्र भएको बैठकबाट सार्वजनिक गरिएको छ ।
यस्तै धादिङमा ३९ वेडको आईसोलेशनको व्यवस्था गरिएको र ७ जनालाई राखिएको तर हाल कोही नभएको, धादिङका आडीटी ८२० वटा आएकोमा ६९६ वटा प्रयोग गरिएको ७ वटा विग्रिएको २ वटा दोहोर्याएको र स्टक ११५ रहेको बताईएको छ ।
त्यसैगरी धादिङमा १२२ वटा थर्मल गन रहेको बैठकले सार्वजनिक गर्दै सबै गाउँपालिकाको सबै स्वास्थ्य केन्द्रमा ज्वरो नाप्ने आईआर थर्ममिटरको व्यवस्था गर्न समेत आग्रह गरेको छ ।
बैठकले किसानलाई आवश्यक पर्ने रासायनिक मल, विऊ विजन सहज रुपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत सीएमसी धादिङको बैठकले निर्णय गरेको छ ।
यस्तै जिल्लामा ५२ वटा एम्बुलेन्स रहेको जसमा २ वटा कोरोना मैत्री र ६ वटा प्रतिवद्धता एम्बुुलेन्स रहेको बताईएको छ ।
धादिङमा अहिले सम्म ३५४ वटा सवारी पास वितरण गरिएको, २०६ इ पास जारी गरिएको र अत्यावश्यक सेवाहरु विरामी, खाद्यान्न, तरकारी ढुवानी, विद्युत, टेलिकप, खानेपानी, औषधी, बैंक, गौरवका आयोजनाका लागि पास व्यवस्था गरि सहजकता बनाईएको समेत बैठकको निर्णयमा बताईएको छ ।
निर्णयहरु





