नीलकण्ठको नतिजा फेसबुक पेजबाट सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख २२, २०७७

धादिङबेसी बैशाख २२ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले कक्षा ८ बाहेक १ देखि ९ सम्मको नतिजा फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ ।

जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुले वार्षिक परिक्षाको नतिजा धमाधम सार्वजनिक गर्न सुरु गरे सँगै निलकण्ठले पनि फेसबुक पेज मार्फत नतिजा सार्वजनिक गरेको हो ।

नीलकण्ठ माध्यामिक विद्यालयले सूचना जारी गर्दै, विश्व व्यापी महामारीको (कोभिड-१९) को कारण शैक्षिक सत्र ०७६ को बाल कक्ष देखि ९ कक्षा सम्मको नतिजा फेसबुकपेज मार्फत सार्वजनिक गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, प्रदेश सरकार र स्थानीय सरकारको पत्र अनुसार नतिजा प्रकाशन र भौतिक दुरी कायम राखी भर्नाको व्यवस्थापन मिलाउने भन्ने निर्देशन अनुरुप कक्षा ८ बाहेकको नतिजा प्रकाशनको सूचना विद्यालयको हातामा टाँस गरि प्रकाशन गर्न विद्यालय असमर्थ भएमा क्षेमाप्राथी छ ।

फेसबुक पेजबाट नतिजा लिन नसकिए कक्षा शिक्षकहरुलाई सम्पर्क गरि परिक्षाफल लिन सकिने व्यवस्था मिलाईएको समेत सूचनामा भनिएको छ ।

धादिङको १३ वटा स्थानीय तह मध्य दुईवाट स्थानीय तहले कक्षा ८ को परिक्षाको नतिजा सार्वजनिक गरि सकेका छन् भने अन्य गाउँपालिकाले पनि अब १२ दिन भित्रमा नै कक्षा ८ को नतिजा प्रकाशन गर्ने तयारीमा रहेको बताईएको छ ,

नीलकण्ठको सूचना