स्वतन्त्र पत्रकार संघ धादिङले, पत्रकारलाई खाद्यान्न सामाग्री प्रदान गर्ने

Avatar photo
Dhadingpost
बैशाख २२, २०७७

धादिङ बैशाख २२ । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा धादिङले खाद्यान्न संकटमा परेका पत्रकारहरुलाई खाद्यान्न सामाग्री प्रदान गर्ने तयारी गरेको छ ।

धादिङ शाखाका अध्यक्ष वसन्त परियारका अनुसार, मुलुक लकडाउनमा छ, पत्रकारहरु न भोक, न डरका बीच समाचारको खोजिमा दौडी रहेका छन्, राहात वितरण देखि स्वास्थ्य उपचारका कयौं खोज रिपोर्टिङ गर्ने कति पय पत्रकारहरुको अवस्था के छ ? न राज्यले खोजि रहेको छ, न मिडिया हाउसले नै त्यसैले धादिङका खाद्यान्न संकटमा रहेका पत्रकारहरुलाई खाद्यान्न सामाग्री प्रदान गर्ने तयारी गरिएको हो ।

धादिङपेष्ट सँग कुरा गर्दै अध्यक्ष परियार भन्छन्, यस्तो विषम परिस्थिति पत्रकारहरु आफै खाद्यान्न संकटमा परेको भनेर राहात वितरण स्थलमा राहात थाप्न जान सकिरहेका छैनन् । कोठा गरेर बस्ने पत्रकारहरुको अवस्था ज्यालादारी मजदुरको भन्दा फरक छैन ।

यसतर्फ कसैको ध्यान गएको देखिएन जे सक्छौ जति सक्छौ तत्कालको खाद्यान्न संकट टार्ने गरि स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखाले सम्बोधन गर्ने अन्तिम तयारीमा छौं ।

त्यसो त कतिपय संघ स.स्थाहरुले धादिङका पत्रकारहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको समाचारहरु बाहिर आईरहेका छन् ।

वागमती प्रदेश सरकारले पत्रकार महासंघ मार्फत स्यानिटाईजर, मास्क र पन्जा वितरण गरेको छ भने प्रेस युनियन धादिङले पहिलो चणरमा स्यानिटाईजर, मास्क र पन्जा वितरण गरेको थियो भने दोस्रो चरणमा पीपीई सामाग्री वितरण गरेको छ ।

यस्तै नेकपा वागमती प्रदेशले प्रेस संगठनलाई व्यक्तिगत सुरक्षाका सामाग्री प्रदान गरेको छ, भने प्रेस संगठनले धादिङबाट केन्द्र, प्रदेश र जिल्लामा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई समाचार संकलनको लागि सहजता प्रदान गर्न प्रेस जकेट प्रदान गरेको थियो ।

खाद्यान्न संकटमा रहेका धादिङका पत्रकारलाई खाद्यान्न सामाग्री प्रदान गर्न लागेको चाहि स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा धादिङ पहिलो हो ।

x