
धादिङ बैशाख २२ । धादङको त्रीपुरासुन्दरी गाउँपालिकालाई लायन्स क्लल अफ काठमाण्डौ गंगबु र लायन्स क्लव अफ धादिङ सल्यानटारले संयुक्त रुपमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
कोरोना भाईरस रोकथामका तथा उपचारका लागि सहयोग पुर्याउन लायन्स क्लवले त्रीपुरासुन्दरी गाउँपालिकालाई ५ थान पीपीई, ५० थान माक्स र औषधी प्रदान गरेको हो ।
लायन्स क्लवका पाण्डव कुमार श्रेष्ठले उक्त सामाग्री गाउँपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र इटनी र स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठ हस्तान्तरण गरेका थिए ।
यस अघि टुकी नेपाल समाजले त्रीपुरासुन्दरी गाउँपालिकालाई ७ वटा थर्मल गन प्रदान गरेको थियो ।
त्रीपुरासुन्दरी गाउँपालिकाले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको प्रयोजनका लागि संचालन गरेको प्रकोप व्यबस्थापन खातामा समेत रकम जम्मा हुने क्रम बढी रहेको गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले बताएका छन् ।
खातामा गाउँपालिका वडा नं ५ मा सन्चालित आरएनआर कन्स्ट्रक्सन, वडा नं २ निवासी जगदीश रेग्मी, सल्यानटार बचत तथा ऋण सहकारी संस्था, महिला साना किसान कृषि समुह, वडा नं २ निवासी समाजसेवि बाबुकृष्ण श्रेष्ठ, वडा नं २ निवासी राजेन्द्र इटनी लगायतले आर्थिक सहयोग गरि सकेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिकाले ५ जनाको समूहमा विभाजन गरी ९५ वटा राहत प्याकेज बनाएर ४ सय ४९ मजदुर तथा विपन्न परिवारलाई पहिलो चरणको राहात वितरण गरि सकेको छ ।
प्रत्येक राहत प्याकेजमा २५ केजि चामल, दाल, तेल, आलु, नुन चिनी र साबुन रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले बताए ।
यसअघि नै वडा नं. १ र २ का ३० घर परिवारलाई आइसिडिसि धादिङले राहत वितरण गरेको थियो भने ७ नं. वडाका २२ घर परिवारलाई स्थानीय व्यवसायी कृष्ण प्रसाद तिमल्सिनाले गाउँपालिकाको समन्वयमा राहत वितरण गरेका थिए ।

