सिद्धलेकबाट ६ थान टेलिभिजन चोरीको आरोपमा तीन जना पक्राउ

Avatar photo
Dhadingpost
बैशाख २१, २०७७

धादिङबेसी बैशाख २१ । लकडाउनको अवधिका ६ थान एलईडी टेलिभिजन चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

एलईडी टेलिभिजन सहित उनीहरुलाई सिद्धलेक गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो ।

लकडाउनको समयमा धादिङवेशीको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०‚ ना ४ ख २८९१‚ ना ६ख ९१३० र लु २ ख १९५४ नम्बरको बसमा रहेका एलईडी टेलिभिजन र म्यूजिक प्लेयर सहित उनीहरु बिहिबार पक्राउ परेका हुन् ।

धादिङ सिद्धलेक गाउँपालिका ५ पोखरी स्थितबाट चोरी गरिएका एलईडी टेलिभिजन ६ थान‚ म्यूजिक प्लेयर ३ थान‚ स्पिकर २ थान‚ चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने २२ वर्षिय अभिषेक श्रेष्ठ‚ १९ वर्षिय श्याम श्रेष्ठ र २५ वर्षिय अजय श्रेष्ठ रहेका छन् ।

सामानहरु सहित उनीहरुहरुलाई बैशाख १८ गतेबाट लागु हुने गरी चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन ७ दिको को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको तथा १ जना व्यक्ति फरार रहेकोले फरार व्यक्तिको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

धादिङमा लकडाउनको समयमा हुन सक्ने अपराधिक कार्यलाई न्यूनिकरणका लागि प्रहरीहरुले गाउँ गस्तीलाई तिबृता दिएको छ भने अवैध घरेलु मदिरा नष्ट, जुवा तास खेल्ने खेलाउनेलाई पक्राउ जस्ता कार्यहरु गर्दै आएको छ ।

केहि दिन अधि मात्र धादिङबेसी र गजुरीबाट जुवाको खालमा छापामारेको प्रहरी खहरे, हनुमान डाँडा, ज्यामरुङ लगायतका ठाउँहरुबाट १ हजार लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको थियो ।