वजेट अधिवेशन बैशाख २६ बाट सुरु हुने

Avatar photo
Dhadingpost
बैशाख २१, २०७७

काठमाडौं बैशाख २१ । सरकारले बैशाख २६ गते वजेट अधिबेशन सुरु गर्ने र जेष्ठ १५ गते संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्रीले बजेट पेश निर्णय गररेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए ।

सामाजिक दुरी कायम गरेर बैठक बस्न मिल्ने गरि तयारी भएको संसद सचिवालय श्रोतले जनाएको छ । केहि दिन पहिला प्रधानमन्त्री केपी शर्माओलीले संसद वैठक कक्ष अवलोकन समेत गरि सकेका छन् ।

चैत्र ११ गते देखि सुरुभएको लकडाउन २५ गते लकडाउन सकिने भए सँगै मन्त्री परिषदको बैठकले बैशाख २६ गते संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

विश्व व्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रमणले नेपालमा पनि गरिबी र बेरोजगारी भयावह बन्‍ने संकेत देखिएको विज्ञहरुले बताए सँगै सरकारले ल्याउने वजेटको विशेष महत्व रहने बताईएको छ ।

नेपालको अर्थतन्त्र पनि नाजुक स्थितिमा छ। भर्खरै आएको विश्व बैंकको रिपोर्टअनुसार हाम्रो आर्थिक वृद्घिदर १।५ देखि २। ८ प्रतिशतकाबीच रहन सक्छ र अर्को २÷३ वर्षसम्म अर्थतन्त्रमा कोरोना महामारीको असर देखिने निश्चित जस्तै छ ।

कोरोना महामारीसँगको युद्ध सँगै सरकारले नेपालको अर्थतन्त्रमा लाग्ने धक्का, वैदेशिक रोजगारीबाट फर्कने ठूलो संख्या, देशभित्रको बढ्दो बेरोजगारी, वैदेशिक सहयोग र लगानीमा हुनसक्ने प्रतिकुलतालाई पनि मध्यनजर गर्दै सरकारले अबको आर्थिक नीति बनाउनु पर्ने चुनौती सँगै आउन लागेको बजेट विशेष हुनु पर्ने अर्थ विज्ञहरुले बताउँदै आएका छन् ।

x