
धादिङ बैैशाख २० । सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको टुकी नेपालले धादिङको त्रीपुरासुन्दरी गाउँपालिकालाई थर्मल गन प्रदान गरेको छ ।
समाजसेवी एवम् युवा पर्यटन व्यवसायी धादिङ ज्यामरुङका कमल सापकोटा अध्यक्ष रहेको टुकी नेपाल समाजले त्रीपुरासुन्दरी गाउँपालिकालाई ७ वटा थर्मल गन प्रदान गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) लाई रोकथाम र नियन्त्रणमा सहयोगीको रुपमा भुमिका निर्वाह गर्दै आएको टुकीनेपालले शुक्रबार थर्मल गन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
यस अघि टुकी नेपालले धादिङको नीलकण्ठ नगरपालिकालाई पीपीई सेट, सेनिटाईज र माक्स प्रदान गरेको थियो।
टुकी नेपालले नीलकण्ठ नगरपालिकालाई २५ सेट पिपिई, ५ हजार माक्स, २ सय सेनिटाईजर र एक हजार साबुन नीलकण्ठ रनीलकण्ठ १० ज्यामरुङमा एक घर १ सेनिटाईजन वा साबुन र १ व्यक्ति एक माक्स प्रदान गरिने गरेको थियो ।

