
एजेन्सी बैशाख २० । उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उन बीस दिन पछि सार्वजनिक भएको त्याहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
गंभीर बिरामी भएको भनेर संसारभरका मिडियामा खबर आईरहेका बेला२० दिन पछि किमले सुन्चोन प्रान्तमा निर्मित एक आधुनिक कृषि मल उत्पादन गर्ने कम्पनीको निर्माण सकिए पछि रिवन काटेर उद्घाटन गरेका छन् ।
तर केसीएनएले त्यस कार्यक्रमको र किम उपस्थित भएको तस्वीर भने सार्वजनिक गरेको छैन । उनका हजुरबुवा कोरीयाका संस्थापक पिताका रुपमा मानिने किम ईल सुगंको जुछे बिचारमा आधारीत आत्मनिर्भरको सिद्धान्त अनुसार कृषि र मल उद्योगको बिकासमा उल्लेख्य प्रगति भए पछि त्याहाँ किमले सो समारोहमा उद्घाटन गर्दा हजारौले तालीको गड्गडाहटले स्वागत गरेको दाबी केसीएनएको छ ।
कच्चा पदार्थ प्रशोन, उत्पादन प्याकेजिगं, लगायतका सबै क्षेत्रको किमले अवलोकन गरेको र उनलाई ब्रिफिगं गरिएको थियो ।
किमले रसायनिक उद्योगको विकासमा भएको प्रगतिबारे खुसी व्यक्त गरेका थिए । किमकी शक्तिशाली बहिनी किम जो योङं,लगायतका पनि त्याहाँ उपस्थित रहे पनि कोरीयाली वर्कस पार्टीका उपाध्यक्ष सहित केही अन्य महत्वपूर्ण अधिकारी उपसिथत नभएको बताईएको छ ।
अप्रील ११ मा पार्टीको पोलिटब्यूरो बैठक बसे देखि किम सार्वजनिक भएका थिएनन् । यस पछि सबै भन्दा पहिला अमेरीकी र दक्षिण कोरीयाली समाचारहरुमा किम गंभीर बिरामी परेको, मुटुको शल्यकृया गरिएको र त्यस पछि झनै गंभीर भएको भनेर समाचार आएको थियो ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत स्वास्थ्य लाभको कामना गरेका थिए । तर दक्षिण कोरीयाका अधिकारीहरुले भने त्यो हल्लाको खण्डन गर्दै किम स्वस्थ्य रहेको र कतै गएर बसको दाबी गर्दे आएका थिए ।

