
धादिङ बैशाख १६ । धादिङको धुनीबेसी नगरपालिका ९ कानाकोटमा ट्रिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।
बा.५ ख ६७७५ नम्बरको टिपर सोमबार राती अनियन्त्रित दुर्घटना हुँदा सह चालक अमृत बोगटीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा गम्भीर घाइते धुनिवेशी नगरपालिका ९ बस्ने ३० वर्षीय सह चालक बोगटीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका टिपर चालकको वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

