धादिङमा लकडाउन उल्लङ्घन गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा

Avatar photo
Dhadingpost
बैशाख १६, २०७७

धादिङ बैशाख १६ । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक सेवाको पास लिएका सवारी साधनलाई मात्र चल्न दिनु भनेर गृह मन्त्रालयले सोमबार जिल्ला प्रशासनलाई पत्राचार गरे सँगै धादिङमा पनि सवारी साधनको चेक जाँचलाई कडा पार्दै मंगलमार लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धादिङ जिल्लाको सिमानाकाहरुमा र जिल्ला सदरमुकाम प्रवेस गर्ने नाकाहरुमा प्रहरीले सवारी साधन चेकिङ्लाई कडाई गरेको छ ।

धादिङ उद्योग वाणिज्य संघ १६ वटा व्यवसायीक संघ संस्थाहरुको संयुक्त वैठकले समेत लकडाउनलाई थप कडाई गर्न दिनको एक पटक मात्र खद्यान्न र तरकारी पसल विहान ७ बजे देखि १० बजे सम्म खुलाउने निर्णय गरेका छन् ।

उनीहरुले काठमाडौ र तराईका जिल्लाहरुबाट ढुवानी भैरहेका हरियो तरकारी, फलफुल, कुकुराको चल्ला, मासु जन्य पदार्थलाई बैशाख २५ गते सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत गरेका छन् ।

x