एड्भान्स र न्यू किबोद्वारा अनलाईनबाट वार्षिक परीक्षाको नतिजा सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख १६, २०७७

धादिङ बैशाख १६ । धादिङबेसीमा रहेका दुई निजी विद्यालय (एड्भान्स एकेडेमी र न्यू किबो) ले वार्षिक परीक्षा २०७६ को नतिजा अनलाईन मार्फत सार्वजनिक गरेका छन् ।

कानुनी तह समते गरि कक्षा १२ सम्म पढाई रहेको एड्भान्स एकेडेमीले कक्षा नर्सरी देखि ९ सम्मको नतिजा मंगलबार विहान सार्वजनिक गरेको हो भने कक्षा ९ सम्मको नतिजा न्यू किबो बोर्डिङले आईतबार अनलाईन मार्फत वार्षिक नतिजा सार्वजनिक गरेको हो ।

मुलुक लकडाउनमा रहेको र सम्पूर्ण विद्यार्थी तथा अभिभावहरु घर भित्र बन्दाबन्दी अवस्थामा हुँदा अनलाईबाट नतिजा सार्वजनिक गरिएको एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

लकडाउनका बेला सामानिक संजालमा ग्रुप बनाएर अभिभावकहरु सँग प्रत्यक्ष सम्पर्क रही विद्यार्थीहरुको दैनिक क्रियाकलाप विद्यालयको वेव र फेसबुक ग्रुप मार्फत सार्वजनिक गर्ने, नानीबाबुहरुको ध्यान केन्द्रित गर्न ज्ञान वद्र्धक शैक्षिक टिप्सहरु आदान प्रदान गर्ने जस्ता क्रियाकलाप भए सँगै वार्षिक परिक्षाको नतिजा पनि अनलाईनबाट गरिएको उनले बताए ।

एड्भान्स एकेडेमीले विद्यालयको एप्लिकेशन मार्फ नतिजा सर्वजनिक गरेको हो भने न्यू किबो बोर्डिङले विद्यालयको वेव मार्फत सार्जजनिक नतिजा गरेको हो ।

x