बागमती प्रदेशद्वरा पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

Avatar photo
Dhadingpost
बैशाख १५, २०७७

धादिङ बैशाख १५ । बागमती प्रदेश सरकारले विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री प्रदान गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार नेपाल पत्रकार महासंघ प्रदेश समितिकालाई उक्त सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेश भित्र छरिएर रहेका पाँच सय जना पत्रकारहरुका लागि प्रदान गरिने उक्त सुरक्षा सामाग्री प्रदेश अध्यक्ष प्रताप बिष्ट र महासचिव कृष्ण सारु मगरलाई मन्त्री जमकट्टेलले हस्तान्तरण गरेका हुन् ।

‘बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ भाइरस कारण सुरक्षात्मक उपाय अवलम्बन गरी फ्रन्टलाइनमा काम गर्नु पर्ने पत्रकारलाई ती सामग्री उपयोगी हुने बिश्वास लिएका छौ’ प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।

हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको पनि उपस्थिति रहेको थियो ।

प्रत्रकार महासंघ जिल्ला शाखा मार्फत वितरण हुने उक्त समाग्री केहि दिन भित्र वितरण भै सक्ने प्रदेश पत्रकार महासंघका प्रदेश अध्यक्ष विष्टले बताए ।

पत्रकारहरुको स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान राख्दै स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकोमा प्रदेश महासचिव सारुमगरले प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सञ्चार रजिष्ट्रारको कार्यालयलाई आभार व्यक्त गरेका थिए ।

x