
धादिङ बैशाख १४ । धादिङबेसी सदरमुकाममा कार्यलय रहेको डिभिजन वन कार्यालय धादिङले बागमती प्रदेशले संचालन गरेको कोरोना भाईरस संक्रमण तथा रोकथाम कोषलाई आर्थिक सहयोग गरेको छ ।
डिभिजन वन कार्यालय धादिङका कर्मचारिहरुले आईतबार उक्त कोषमा उपचार कोषमा १ लाख ३२ हजार १ सय २१ रुपैयाँ सहयोग जम्मा गरेका हुन् ।
रकम नेपाल राष्ट्रिय वाणिज्य बैंकको धादिङ शाखाबाट कोषको खातामा जम्मा गरिएको डिभिजन वन कार्यालय धादिङका कार्यालयका प्रमुख जिवनाथ पौडेलले जानकारी दिए ।

