त्रिपुरासुन्दरीलाई गरिमा महिला समुहको ५० हजार सहयोग

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

धादिङ बैशाख १४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा राहात वितरणको लागि संचालनमा ल्याएको प्रकोप व्यवस्थापन कोषमा गरिमा महिला साना किसान कृषि समुहले ५० हजार सहयोग गरेको छ ।

यसैगरी उक्त कोषमा वडा नं २ निवासी समाजसेवी बाबुकृष्ण श्रेष्ठले स्वर्गिय श्रीमती बाल कुमारी श्रेष्ठको सम्झनामा ५१ हजार १५१ रुपैया सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गत शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले प्रकोप व्यवस्थापन कोष संचालन गर्ने र उक्त कोषमा गाउँपालिका प्रमुखले २० हजार उप प्रमुखले १५ हजार, वडा अध्यक्षहरुले १० हजार, कार्यपालिका सदस्यहरुले ५ हजार, वडा सदस्यहरुले ३ हजार, स्वास्थ्यकर्मी बाहेकका कर्मचारी शिक्षकहरुले ५ दिन बराबरको रकम जम्मा गर्नु पर्ने निर्णय गरेको छ ।

यो निर्णय सँगै कोषमा सहयोग आउने क्रम बढेको गाउँपालिका अध्यक्ष शम्भु कुमार थापाले धादिङपोष्टलाई बताए ।

त्रिपुरासुन्दरी गाउँपालिकामा यस अघि भए गरेका समाचारहरु पढ्न यहाँ क्लिक गर्नुहोला

x