
काठमाडौं बैशाख १४ । सांसद डाक्टर सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै प्रहरीका पुर्व प्रमुख (आइजिपी) सर्वेन्द्र खनाल, नेकपा नेता तथा सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध उजुरी गर्न समाजवादी पार्टी नेपाल नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतो सहितको टोली महानगरीय प्रहरी परिसर टेकु पुगेर उनीहरु विरुद्ध उजुरी दर्ता गर्न टेकु पुगेका हुन् ।
दर्ता भई कानुनी प्रोसेसमा गयो भने, मुलुकी अपराध संहिता २०७४ को दफा २११ आकर्षित हुन्छ। कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको ठहरिने उल्लेख छ । फोटोः प्रदिपराज वन्त

