हिमानी ट्रष्टद्वारा स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

काठमाडौं बैशाख १४ । हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ ।

ट्रष्टले काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी थिईन् । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागि २० संचार माध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको थियो ।

काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा। चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति हिमानी ट्रष्टले खेलेको भुमिका अतुलनीय भएको रहेको बताएकी थिईन् ।

उनले तात्कालिन महाराजधिराज महेन्द्र, मुमा बडामहारानी रत्न, महाराजधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य र महाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवालाई हिमानी ट्रष्टले निरन्तरता दिएकोमा धन्यावाद समेत दिएकी थिईन् ।

सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताईन् ।