धादिङको नीलकण्ठ नगरपालिकामा खाद्यान्न वितरण सुरु

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

धादिङ बैशाख १४ । धादिङको नीलकण्ठ नगरपालिकाले शनिबारदेखि खाद्यान्न वितरण कार्य सुरु गरेको छ ।

असाह्य, गरिवा, विपन्न तथा मजदुरहरुलाई सामुहि मेस चलाएर दालभात तरकारी खुवाउन सुरुगरेको नगरपालिकाले लकडाउ लल्लङ्गरेको भन्दै जिल्ला प्रशासनले भाँडा कुँदा उठाएर लगेपछि खाद्यान्न नै वितरण गर्न सुरु गरेको हो ।

कोरोना भाईरस रोकथामका लागि भएको लकडाउनका कारण खाद्यान्न संकट भएका असाह्य, गरिवा, विपन्न तथा मजदुरहरुहरुलाई नीलकण्ठ नगरपालिकाले वाड नं.७ , वडा नम्बर ८ र ९ बाट राहत वितरण सुरु गरेकोे हो ।

नगरपालिकाका १४ वटै वाड मा खाद्यान्न वितरण गर्न लागेको नगरपालिकाले परिवार संख्याका आधारमा २ किसिमबाट बितरण गर्ने बताएको छ ।

दुई जना भन्दा बढी परिवार सदस्य हुनेहरुले चामल २५ केजि, दाल ३ केजि, खाने तेल डेड लिटर, नुन २ केजि राहत पाउने छन् भने, दुई जना सम्म परिवार सदस्य हुनेले चामल १२.५ केजि, दाल २ केजि, खानेतेल १ लिटर, नुन २ प्याकेट पाउने नगरपारिलाले जनाएको छ ।

चैत्र २३ गते सम्पन्न भएको कार्यपालिकाको बैठकले विश्ववापी रुपमा फैलिइरहेको कोभिड–१९ (नोबेल कोरोना भाइरस) रोकथाम नियन्त्रण, सचेतना तथा आवश्यक ब्यवस्थापन गर्न १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गर्ने र कोषबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खानारखाजाको प्रवन्ध, खाद्यान्न वितरण, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराइनेछ भने जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकताअनुसार सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराउने निर्णय गरेको थियो ।

x