नीलकण्ठका प्रमुख ढुङ्गाना फेरि विवादमा, काँग्रेस निकट पत्रकारलाई मात्र, २५ थान पीपीई प्रदान

Avatar photo
Dhadingpost
बैशाख १३, २०७७

धादिङ बैशाख १३ । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले काँग्रेस निकट पत्रकारहरुलाई मात्र २५ थान पीपीई दिएर फेरि विवादित बनेका छन् ।

नीलकण्ठ नगरपालिकाको चैत्र २३ गते सम्पन्न कार्यपालिकाको बैठकले १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गर्ने र उक्त कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खाना र खाजाको प्रवन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मीहरुलाई, जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकता अनुसार सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसै निर्णयलाई टेकेर नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले शुक्रबार नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनलाई २५ थान पीपीई प्रदान गरेका थिए ।

पे्रस युनियनलाई स्वास्थ्य सुरक्षाका सामाग्री दिनु गल्ती भो भनेर भन्न खोजिएको हैन । युनियनका पत्रकारहरु पनि यो संक्रमणको बेला दिनरात नभनि समाचार संकलनमा छन् । उनीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री अत्यावश्यक पनि थियो । तर प्रश्न नीलकण्ठ नगरपालिकाको कार्यशैलिको हो ।

नगरपालिका स्थानीय सरकार हो, स्थानीय सरकारले राहात बाढ्दा पार्टी हेरिनु न्यायीक हुँदैहैन । जिल्लामा पत्रकार महासंघ मार्फत वा आवश्यकताको आधारमा पत्रकारहरुलाई सम्पर्क गरी यो संक्रमणको बेला समाचार संकलनका लागि फिल्डमा रहेका पत्रकारहरुलाई दिनु पर्दथ्यो ।

नगरपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरु अहिले पनि स्वास्थ्य सुरक्षा सामाग्री अभाव भयो भनि रहँदा पहिलो पङ्तीका स्वास्थ्यकर्मीहरु नै पीपीई सेटको पहिलो भागिदार थिए । तर ढुङ्गानाले प्रेस युनियन मात्रलाई किन रोजे त प्रेस संगठन धादिङका अध्यक्ष राजन अधिकारी भन्छन् नगर प्रमुख भिम ढुङ्गानाले राजनिति गर्नुभयो, अब यसो नगर्न आग्रह गर्दर्छौ ।

एकपटक जिल्ला समन्वयको भवनमा नीलकण्ठको कार्यालय संचालन गर्न पाउनु पर्ने माग सहित सडक संघर्षमा उत्रिएका भिम ढुङ्गाना विवादित मात्रै मनेनन् अन्तत उक्त आन्दोलनबाट ब्याकसेट समेत भए ।

त्यसैगरी दास्रो पटक कोरोना भाईरसको संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनमा खाद्य संकट परेका परिवारहरुलाई नीलकण्ठ स्कुलमा सामुहिक मेस संचालन गरि विवादमा तानिए । सामाजिक दुरी कायम गर्नुपर्ने र घरबाट बाहिर ननिस्कन संघीय सरकारको आव्हान उल्लङ्घन गरेका भन्दै जिल्ला प्रशासनले मेसका सबै भाँडा कुडा उठाएपछि मेस बन्द भएको थियो ।

यो पछिल्लो पटक फेरी नगर प्रमुख ढुङ्गानाले किन काँग्रेस निकट पत्रकार मात्र रोजे काँग्रेस कै जिल्ला कमिटीका एक सदस्य भन्दछन्, प्रेस युनियनका नेतृत्वमा रहेका केहि पत्रकारहरुले उनको कमजोरी खाजी खोजी प्रसारण तथा प्रकाशन गरेपछि मिलाउन उनले युनियनको मागलाई पुरा गर्ने गरेका छन् व्यक्तिगत हिसावले गलत हैन, तर अहिले ढुङ्गना नगर प्रमुख हुन राजनीतिक गन्ध आउने काम गर्न हुन्नथ्यो । फोटोः पिजनखबरबाट

चैत्र २३ गते सम्पन्न कार्यपालिकाको बैठकका निर्णयहरु यस्ता थिए ।

१. विश्ववापी रुपमा फैलिइरहेको कोभिड–१९ (नोबेल कोरोना भाइरस) रोकथाम नियन्त्रण, सचेतना तथा आवश्यक ब्यवस्थापनका लागि नीलकण्ठ नगर कार्यपालिकाको आज बसेको बैठकले १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गरेको छ ।

यस कोषबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खाना/खाजाको प्रवन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराइनेछ भने जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकताअनुसार सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराइनेछ ।

कोषमा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबाट १ लाख १४ हजार रकम जम्मा गरिएकोछ । नगरपालिका अन्तरगतका सम्पूर्ण कर्मचारीहरु (स्वास्थ्यकर्मी र शिक्षकहरु समेत) ले केन्द्र सरकारको निर्णय अनुसार रा. प. द्वितीय र तृतीय श्रेणी वा सो सरहका कर्मचारीहरुको पाँच दिनको र सहायकस्तर र श्रेणीविहिन कर्मचारीहरुको तीन दिनको तलव बराबरको रकम जम्मा गर्नुका साथै उक्त कोषमा सहयोग स्वरुप रकम जम्मा गर्न चाहने व्यक्ति तथा संघसंस्थालाई सहायता रकम जम्मा गर्न आह्वान गर्ने समेत निर्णय भएकोछ ।

२. महामारीका बेला नगरक्षेत्रमा आर्थिक तथा भौतिक सहायता गर्न चाहने ब्यक्ति वा संघ संस्थालाई नगरकार्यपालिका संग अनुमति लिएर मात्र गर्ने गरि एकद्धार प्रणाली लागू गर्ने निर्णय भएकोछ ।
३. लकडाउनका कारण अप्ठेरोमा परेका नगरक्षेत्रका श्रमिक, असहाय तथा रोजीरोटीको समस्या भएका ब्यक्तिहरुलाई १४ वटै वडामा संकलित विवरणको आधारमा विहान बेलुका निःशुल्क भोजनको ब्यवस्था गर्ने निर्णय गरेकोछ । आवश्यक खाद्यान्न तथा अन्य प्रवन्ध गर्न नगर विपद ब्यवस्थापन समितिका संयोजक विष्णु नेपालीको संयोजकत्वमा स्वास्थ संयोजक र लेखा प्रमुख सदस्य रहेको ३ सदस्यीय कार्यदल समेत गठन गरिएकोछ । लक्षित श्रमजिवी तथा असहायहरुलाई खाद्यान्न उपलब्ध गराउन चाहने ब्यक्ति तथा संघ संस्थालाई उक्त कार्यदल मार्फत सहयोग गर्न अपिल गर्ने निर्णय समेत आजको बैठकले गरेकोछ ।

४. लकडाउनको अवधीको असहज परिस्थितिमा सार्वजनिक विदाका दिनहरुमा समेत निरन्तर काममा खटिने स्वास्थ्यकर्मीहरु, दैनिक कार्यालयमा आई कामकाज गर्ने कर्मचारीहरु (करारमा कार्यरत समेत) र फोहोर व्यवस्थापनमा कार्यरत जनशक्तिलाई मासिक खाइपाई आएको तलव÷पारिश्रमिकको पचास प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय भएकोेछ ।

५. विदेशबाट आएका व्यक्तिहरुलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्न आव्हान गर्ने ।

यस अघिका नीलकण्ठ नगरपालिका भित्र भएगरेका गतिविधिहरुको जानकारीका लागि यहाँ क्लिक गरौं ।

x