जिल्ला खेलकुद विकास समिति धादिङद्वारा सेनिटाईजर र मास्क वितरण

Avatar photo
Dhadingpost
बैशाख १२, २०७७

धादिङ बैशाख १२ । जिल्ला खेलकुद विकास समिति धादिङले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सेनिटाईजर र मास्क वितरण गरेको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले आवश्यकता हेरि जिल्लाका विभिन्न ठाउँहरुमा सेनिटाइजर र मास्क वितरण गरिएको बताए ।

कोरोना भाईरसको संक्रमणबाट बच्ने पहिलो उपाय सामाजिक कायम गर्ने हो, त्यसपछि सेनिटाईजर र मास्क, अत्यवश्यक सुरक्षा सामाग्री भएकोले वितरण गरिएको अध्यक्ष तामाङ धादिङपोष्टलाई बताए ।

बजारमा हुने र सक्नेहरुले मेडिकल मास्क नै लगाएर हिडेको देखिन्छ भने, असाह्य गरिव र विपन्नहरुले सामान्य मास्क समेत पाउन नसकेकोले जिल्ला खेलकुद विकास समितिले सक्रियाता देखाएको समेत उनी बताउँछन् ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाको संख्या ४८ पुगि सकेको छ । लकडाउनले दोस्रो महिनाको यात्रा सुरुगरि सकेको छ भने राजधानीमा लगायतका शहरहरुमा रोकिएका र विदेशबाट समेत मानिसहरु घर फर्कने क्रम जारी छ । यस्तो अवस्थामा अनै सुरक्षाको चुनौतिलाई ख्याल गर्नु पर्ने देखिन्छ ।

कोरोनाबाट कसरी बच्ने

  • हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ ।
  • साबुन पानीले पटक–पटक हात धुने ।
  • अंकमाल नगर्ने ।
  • एक मिटर जति टाढा बस्ने ।
  • ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।
  • झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।
  • भिडभाडमा नजाने ।
  • सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।
  • कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।
  • खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न जाने ।