कोरोना संक्रमित धादिङका युवा निको भएर घर फर्किए

Avatar photo
Dhadingpost
बैशाख ११, २०७७

धादिङ बैशाख ११ । धादिङ नेत्रावती डब्जोङ गाउँपालिकाका उरबहादुर तामाङ कोरोना भाईरसको संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

कोरोना भाईरसको संक्रमण देखिएपछि २९ दिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराई पूर्ण निको भएर बिहिबार धादिङ घर फर्किएका हुन् ।

अस्पतालले बुधबार नै डिस्चार्ज गरेपनि काठमाडौका सबै होटल बन्द र धादिङबाट कोही लिनजान यातायतको सुविधा नभएपछि बिहिबार जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले तामाङलाई धादिङ ल्याएका हुन् ।

युएईबाट चैत ६ गते नेपाल आएका फर्किएका तामाङकलाई चैत १० गते टेकु पुगेर जचाउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल सम्म नेपालमा ४७ जनालाई कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएपनि उपचारपछि सबैको स्वास्थ्य अवस्थामा सुधार आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

x